Shikhar Insurance

उद्यमशीलता प्रवर्द्धन गर्न एफएनसीसीआई र युवा उद्यमी मञ्चबीच सहकार्य

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३, बिहीबार १२:३८
NIMB
Nabil Bank

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर र नेपाल उद्योग वाणिज्य महासंघ स्टार्टअप एन्ड इनोभेसन कमिटीबीच युवा उद्यमशीलताको क्षेत्रमा काम गर्न सम्झौता भएको छ । युवा उद्यमशीलता र स्टार्टअपको वृद्धि र उत्थानका लागि एक साथ काम गर्न आपसी सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा महासंघका तर्फबाट रञ्जित आचार्य काठमाडौं अध्यायकातर्फबाट अध्यक्ष निरज कर्माचार्यले प्रतिनिधित्व गरे । नेपाली युवा उद्यमी मञ्च नेपालमा युवा उद्यमीहरुको एक शीर्ष निकाय हो । यो एक सदस्यता आधारित गैर नाफा मुलक संगठन हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सकारात्मक व्यापार सोच र सशक्तिकरण को लक्ष सहित स्थापित यो संस्था, नेपाली युवाबीच विचार आदान प्रदान, फेलोशिप, शिक्षा, प्रशिक्षण र वकालतका माध्यमबाट उत्कृष्ट उद्यमीहरु सिर्जना गर्ने लक्ष्य लिँदै अगाडि बढेको छ । मञ्चले देशभित्रका सबै युवा उद्यमीहरुलाई एक साथ ल्याउन सहयोग पुर्याउँदै आएको छ ।

मञ्चले युवा उद्यमीको प्रभावी र अत्यावश्यक नेटवर्किङका माध्यमबाट उद्यमी मानसिकता र साझा दृष्टिकोणलाई प्रवद्र्धन गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्