Shikhar Insurance

सिभिल बैंकको ११५ औं शाखा महेन्द्रनगरमा, सर्वाधिक ब्याजदरको लाभ लिन अनुरोध

सिंहदरबार संवाददाता
२०७८ भाद्र ४, शुक्रबार ०९:१५
NIMB
Nabil Bank

कञ्चनपुर । सिभिल बैंकले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा नयाँ शाखा खोलेको छ । बैंकले महेन्द्रनगरमा ११५औं शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरे ।

शाखा उद्घाटन गर्दै नगर प्रमुख विसिभिल बैंकको ११५ औं शाखा महेन्द्रनगरमा।, सर्वाधिक ब्याजदरको लाभ लिन अनुरोधष्टले महेन्द्रनगरमा वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन यस शाखाले टेवा पु¥याउने कुरा बताए । ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो–सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

सिभिल बैंकका डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ्गका प्रमुख भोला बहादुर विष्टले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकहरुको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताए । सिभिलले बजारमा प्रदान गरीएको व्याजदर भन्दा सर्वाधिक व्याजदर प्रदान गर्दै आएको छ ।

बैंकले हालसम्म करिब छ लाख ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८६ एटिएमहरु मार्फत बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकको ९२ अर्ब निक्षेप परिचालन गरी ८५ अर्ब भन्दा बढी कर्जा लगानी रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्