Shikhar Insurance

५७ वर्षको इतिहास १२ घण्टामा खरानी भयो, ६ महिनाभित्र उठेर दौडन्छ नेबिको

सिंहदरबार संवाददाता
२०७८ भाद्र ४, शुक्रबार १०:३२
NIMB
Nabil Bank

काठमाडौं । साउन २३ गते शनिबार राति २ बजे बालाजु औद्योगीक क्षेत्रस्थित एउटा उद्योगको छतमाथि आगोको मुस्लो देखियो, त्यो नेबिको प्रालीको छत थियो । र त्यहाँ जल्न सुरु गरेको थियो ५७ वर्ष लामो इतिहास ।

रातको २ बजे सुरु भएको आगलागी अनेक प्रयासका बिच दिउँसो २ बजे मात्रै नियन्त्रणमा आयो । सेना, पुलिस, शसस्त्र, महानगरको दमकलले मात्रै होइन, हेलिकप्टरबाट पनि पानी झारेर आगो नियन्त्रणमा लिइएको थियो । तीन दिनसम्म उद्योगका भग्नावशेषबाट धुँवा निस्किरहेको थियो । अहिले त्यहाँ दुर्गन्ध फैलिन थालेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

५७ वर्षको इतिहास र ५० करोडको लगानी १२ घण्टामै खरानी भयो, ४ सय नेपाली नागरिकहरुको रोजगारी पनि तत्कालका लागि गुमेको छ । अर्थात २० हजार जना नेपालीको हातमुख जोड्ने उद्योग कम्तिमा पनि ६ महिनाका लागि बन्द भएको छ । नेपालकै पहिलो बिस्कुट तथा कन्फेक्सनरी उद्योग बार्षिक एक अर्ब ५० करोडका उत्पादन बजारमा पठाउँथ्यो । मासिक एक अर्बको बिस्कुट कारोबार हुने नेपाली बजारमा १२ प्रतिशत हिस्सा नेबिकोको थियो ।

पाँच तारे होटलदेखि गरिबका झुपडीसम्म यत्रतत्र पुगेको नेबिकोका उत्पादन अब कम्तिमा पनि ६ महिनासम्म बजारमा देख्न पाइने छैनन् । भैरहवामा रहेको सानो प्लान्टबाट उत्पादन त भैरहेका छन् तर त्यो उत्पादनले देशैभरको माग धान्न सकिने अवस्था नरहेको नेबिकोका ब्राण्ड एण्ड मार्केटिङ हेड अरुण पौड्याल बताउँछन् । ‘हामी ६ महिनाभित्र उत्पादन थाल्ने तयारीमा छौं, त्यतिञ्जेल भैरहवाको प्लान्टका उत्पादन बजारमा पठाउँछौं, त्यसको क्षमता थोरै छ, तर पुरै क्षमतामा चलाएर बजार होल्ड गर्ने प्रयास गर्छाै’, पौड्यालले सिंहदरबारलाई सुनाए ।

तीन महिनामा आगो लागेको संरचना हटाउने र अर्काे तीन महिनामा नयाँ संरचना खडा गरेर उत्पादन थाल्ने योजना बनेको उनले जानकारी दिए । ‘६ महिना भित्र उठिसक्छौं, तीन महिनमा संरचना हटाउँछौं, अर्काे तीन महिनाभित्र नयाँ संरचना खडा गरेर उत्पादन थाल्छौं’, पौड्यालले भने ।

बिस्कुट, कुकिज, चकलेट, कन्फेक्सनरीज गरि करिब ७० उत्पादन बजारमा पठाईरहेको नेबिको बिस्कुट  र कन्फेक्सनरीमा एक नम्बर बिस्कुट नेपालकै   ब्राण्डका रुपमा स्थापित छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्