Shikhar Insurance

धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिईओलाई छानविन गरि कारवाही गर्न निर्देशन

सिंहदरबार संवाददाता
२०७८ भाद्र ४, शुक्रबार १२:५६
NIMB
Nabil Bank

काठमाडौं । संसदको अर्थ समितिले सर्वाेत्तम सिमेन्टका सेयर कारोबारमा संलग्न धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिईओलाई छानविन गरि कारवाही गर्न निर्देशन दिएको छ ।

अर्थ समितिको शुक्रबार बसेको बैठकले बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सिईओ चन्द्रसिंह साउदलाई छानविन गरि कारवाही गर्न निर्देशन दिएको हो । बुक बिल्डिङ बिधिबाट सेयर निष्काशनको तयारीमा रहेको सर्वाेत्तम सिमेन्टको सेयर बोर्ड अध्यक्ष भिष्म ढुंगानाको छोरी र नेप्सेका सिईओ साउदको श्रीमतिले खरिद गरेका थिए । ‘अर्थ मन्त्रालयले नै छाविन समिति बनाएको रहेछ, त्यस्तो अध्ययन समितिको प्रतिवेदन समितिलाई पनि बुझाउनु र सोही अनुसार कारवाही गर्नु भनेर निर्देशन दिएका छौं ।’, अर्थ समिति सभापति कृष्ण प्रसाद दाहालले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री जनार्दन शर्माले पनि मन्त्रालयले आन्तरिक रुपमा छानविन गरिरहेको र प्रतिवेदनका आधारमा कारवाही गर्ने तयारी भैरहेको जानकारी समिति बैठकमा दिएका थिए । मन्त्रालयले सर्वाेत्तमको सेयर खरिदबारे स्पष्ट पार्न भनेको तर त्यसको जवाफ चित्त बुझ्ने नआएपछि पुनः स्पष्टीकरण सोधिएको र सोको जवाफ पनि गतिलो नआएपछि छानविन प्रक्रिया अघि बढाईसकेको मन्त्री शर्माले समिति बैठकमा जानकारी दिएका थिए । केहि दिनभित्रै छाविन प्रतिवेदन आउने र सोही आधारमा कारवाही प्रक्रिया अघि बढाउने पनि उनले जानकारी दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्