Shikhar Insurance

प्रदेश १ को मुख्यमन्त्री बन्दै युवा नेता राजेन्द्र राई

सिंहदरबार संवाददाता
२०७८ भाद्र ५, शनिबार १२:००
NIMB
Nabil Bank

काठमाडौं । एमाले विभाजनसँगै राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्ने भएका छन् । माधव कुमार नेपाल नेतृत्वमा नेकपा(एकिकृत समाजवादी) पार्टी गठनको प्रक्रिया आरम्भ भएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अल्पमतमा परिसकेका छन् । भोजपुरका राईलाई विस्थापित गरेर भोजपुरकै अर्का राई मुख्ममन्त्री बन्ने निश्चित भएको हो ।

राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपालले काँग्रेस र माओवादीलाई सहमत गराईसकेका छन् । केहि दिनभित्रै राईका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर राजेन्द्रलाई मुख्यमन्त्री बनाउन लागिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि नेपाल समुहबाट मुख्यमन्त्रीका लागि संसदीय दलको चुनाव समेत लडेका भिम आचार्यले नेपालको साथ छाडेपछि युवा नेता राईका लागि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

जस्तो सुकै कठिन समयमा पनि अध्यक्ष नेपाललाई साथ दिएक राईलाई युवा पुस्ताको सम्भावना बोकेको नेता मानिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्