Shikhar Insurance

२१ बैंक तथा वित्तीय संस्थाबाट साढे ४ अर्ब आयकर असुल्न निर्देशन

सिंहदरबार संवाददाता
२०७८ भाद्र ५, शनिबार १४:२२
NIMB
Nabil Bank

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले २१ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट साढे ४ अर्ब रुपैँया आयकर असुल्न सरकारलाई निर्देशन दिएको छ । कार्यालयको ५८ औं बार्षिक प्रतिवेदन अनुसार बिभिन्न २१ वटा बैंक तथा वित्तिय संस्थाहरुले बिजनेश कम्बिनेशनबाट प्राप्त भएको लाभलाई नदेखाई ४ अर्ब ४७ करोड ९१ लाख रुपैंयामा शुल्क तथा ब्याज समेत जोडेर असुल्न भनेको हो ।

महालेखा परिक्षकको कार्यालयका अनुसार २१ बैंक तथा वित्तीय संस्थाहरुले आयकर ऐन, २०५८ को दफा २२ र कम्पनी ऐन, २०६३ को दफा १०८ अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आईक्यान)ले जारी गरेको नेपाल वित्तिय प्रतिवेदन लेखामान ३ अनुसार नगरि बिजनेश कम्बिनेशनबाट प्राप्त आम्दानीमा आयकर छलेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल वित्तिय प्रतिवेदनमान ३ मा बिजनेस कम्बिनेशन अनुसार कुनै पब्लिक लिमिटेड कम्पनीले प्राप्ति गर्ने वा अर्काे कम्पनीमा गाभिँदा प्राप्त हुने सम्पति र दायित्व प्रचलित बजार मूल्यमा गणना गर्नुपर्ने व्यवस्था छ । तर बैंक तथा वित्तिय संस्थाहरुले प्रचलित बजार मूल्यमा गणना गरि नाफा नोक्सानमा हिसाब गर्नुको साटो त्यस्तो रकमलाई सिधै बासलात अन्तर्गत एक्विजिशन रिजर्भ, जनरल रिजर्भ र क्यापिटल रिजर्भमा देखाईएको छ । यसबाट आयकर ऐन अनुसार लाग्ने ३० प्रतिशत आयकर गण्ना नभएको महालेखाको ठहर छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्