Shikhar Insurance

नेपाल आयल निगमलाई १५ दिनमै एक अर्ब १५ करोड घाटा

सिंहदरबार संवाददाता
२०७८ भाद्र ७, सोमबार १९:४९
NIMB
Nabil Bank

काठमाडौं । अन्तराष्ट्रिय बजार अनुसार इन्धनको मूल्य समायोजन नगर्दा नेपाल आयल निगमले १५ दिनमै एक अर्ब १५ करोड रुपैयाँ नोक्सानी व्यहोरेको छ । इण्डियन आयल कर्पोरेशनले अगष्ट १५ मा निगमलाई पठाएको मूल्य सूचि अनुसार एक अर्ब १५ करोड रुपैयाँ नोक्सानी भएको हो ।

निगमले खाना पकाउने एलपी ग्यासमा मात्रै १५ दिनमा ६५ करोड ३७ लाख रुपैयाँ नोक्सानी छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार अन्तराष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न नपाउँदा निगमको नोक्सानी बढेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

पेट्रोलमा मात्रै निगमलाई २२ करोड ७० लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। निगमले अहिले पेट्रोल १३८।६ रुपैयाँमा खरिद गरेर १२८ रुपैयाँमा बिक्री गरिरहेको छ । डिजेल पनि ११५।३० रुपैयाँमा किनेर १११ रुपैयाँमा बेचिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्