Shikhar Insurance

युवा संघ र अखिलले भन्योः दोश्रो पुस्ताले आत्मसमर्पण गर्यो, हामी माधव नेपालसँगै छौं

सिंहदरबार संवाददाता
२०७८ भाद्र ७, सोमबार २१:१६
NIMB
Nabil Bank

काठमाडौं । युवा संघ नेपाल र अनेरास्ववियुले १० बुँदे सहमति धोखा भएको बताएका छन् । दोश्रो पुस्ताका नेताहरुले १० बुँदे सहमतिका नाममा ओली सामु आत्मसमर्पण गरेको आरोप पनि उनीहरुले लगाएका छन् । यस अघि माधव नेपालसँगै रहेका भिम रावल, घनाश्याम भुषाल लगायतका नेताहरुले १० बुँदे कार्यान्वयन गर्ने भन्दै ओलीसँगै रहने निर्णय गरेपछि युवा संघ नेपालका अध्यक्ष नरेश शाही र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले त्यस्तो प्रक्रिया दिएका हुन् ।

उनीहरुले १० बुँदेमा दुई पटक प्रतिनिधी सभा विघटन गर्ने ओलीको कदमबारे कुनै पश्चातापको भाषा नसमेटेको र पार्टी एकताका न्युनतम सर्तहरु समेत स्वीकार नगरेकाले दोश्रो तहका नेताहरुले ओली सामु पदका लागि आत्मसमर्पण गरेको आरोप समेत युवा संघ र अखिलका अध्यक्षहरुले लगाएका हुन् ।

Citizen Life
Kumar Bank

उनीहरुले माधव नेपालको नेतृत्वमा रहेको नेकपा(एकिकृत समाजवादी) पार्टीमा रहेर कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने अभियानमा आफुहरु अविचलित ढंगले लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्