Shikhar Insurance

एचआईडीसीएलको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७८ भाद्र ८, मंगलवार ०९:४७
NIMB
Nabil Bank

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल)को हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले साउन ५ गतेदेखि चुक्ता पुँजीको शतप्रतिशतले हुन आउने ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको थियो ।
जेठ २७ गतेसम्म सेयर खरिद गरेकाहरुले आइपीओमा आवेदन दिन सक्छन् । कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ।

Citizen Life
Kumar Bank
Nepal Life

हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्