Shikhar Insurance

दुई दल दर्ताको सनाखत हुँदै, नेपालसहितका नेता निर्वाचन आयोगमा

सिंहदरबार संवाददाता
२०७८ भाद्र ९, बुधबार १२:१४
NIMB
Nabil Bank

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएको छ । नेता नेपालसहितका उनका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका साथ सनाखत गर्न आयोग पुगेका हुन् ।

यसअघि नेपालसहितका नेताले आयोगमा नयाँ दल दर्ताका लागि आवेदन गरेका थिए । आयोगले आवेदन गरेका सबैलाई सनाखतका लागि आज बोलाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रस्तावित दलका नेता जगन्नाथ खतिवडाले दल दर्ताका निम्ति गणपूरक सङ्ख्या पुग्ने सदस्यहरूका साथ आफूहरू आयोगमा उपस्थिति भएको बताए । उनका साथमा प्रदीपकुमार नेपाल पनि छन् ।

यसैगरी महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका आवेदनकर्ताहरू पनि सनाखतका लागि आयोगमा उपस्थिति भएका छन् । ठाकुर नेतृत्वको पार्टीले ३० सदस्यीय कार्यसमिति प्रस्ताव गरेको नेता राजेन्द्र महतोले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्