Shikhar Insurance

माधव नेपालले धन्यवाद दिँदै भने– विद्रोहलाई अब सिर्जनामा बदल्छौं

सिंहदरबार संवाददाता
२०७८ भाद्र ९, बुधबार २०:०३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमारले बिद्रोहमा सामेल सबैलाई धन्यवाद दिएका छन् । निर्वाचन आयोगमा नयाँ पार्टी गठनका लागि सनाखत गर्ने संघीय संसदका ३३ जना सदस्य र तत्कालिन एमालेका ५९ जना केन्द्रिय सदस्य तथा देश र विदेशमा रहेका पार्टी कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुमा उनले धन्यवाद ज्ञापन गरेका हुन् ।

पार्टीका तर्फबाट धन्यवाद ज्ञापन गर्दै अध्यक्ष नेपालले बिद्रोहलाई सिर्जनामा बदल्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । उनले देश र जनताको स्वाभिमानलाई उच्च बनाउँदै मुलुक र नागरिकको समृद्धिका लागि पार्टीका हरेक कदम केन्द्रित हुने पनि बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

हार्दिक अपिल
कम्युनिष्ट आन्दोलनलाई बद्नाम एवम् समाप्त पार्ने एवम् सर्वसत्तावादी बन्दै पार्टी कब्जा गर्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा ९एमाले०को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गर्न हामीले २०७८ भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिएका थियौं । आज २०७८ भदौ ९ गते संघीय संसदका ३४ जना माननीय सांसदहरू र तत्कालीन नेकपा (एमाले)को केन्द्रीय कमिटीका ५९ जना सदस्यहरू निर्वाचन आयोगमा सशरीर उपस्थित भयौं । अनेकौं प्रलोभन, दबाब, डर र त्रासका बाबजुद शतिसाल जस्तै उभिदै बिद्रोहमा सामेल हुनुहुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, संघीय संसदका सदस्यहरु लगायत सम्पूर्ण समर्थक, शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । अब यो विद्रोहलाई सिर्जनामा परिवर्तन गरी नेपाली जनताको आकांक्षा अनुसार नेपाली कम्युनिष्ट आन्दोलन रक्षा र विकास गर्दै देश र जनताको स्वाभिमानलाई उचो राख्न एवम् मुलुक र जनताको समृद्धीको आकांक्षा पूरा गर्न कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने यस ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जनतामा हार्दिक अपिल गर्दछौं । २०७८ भाद्र ९ गते

GBIME

प्रतिक्रिया दिनुहोस्