Shikhar Insurance

मुसलधारे वर्षाका कारण कम्तीमा २० को मृत्यु , १७ जना बेपत्ता

सिंहदरबार संवाददाता
२०७८ भाद्र १०, बिहीबार १८:१६
NIMB
Nabil Bank

एजेन्सी । मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीहरुका अनुसार बाढी पहिरोका कारण अरु १७ जना अझै पनि बेपत्ता भएका छन् ।
देशका नौ प्रदेशलाई सङ्कटग्रस्त क्षेत्रका रुपमा लिइएको छ ।

बाढी पहिरोका कारण त्यस क्षेत्रका ५४ हजारभन्दा बढी मानिस प्रभावित भएको गृह मन्त्री रेमीगियो सेबालोसले जानकारी दिए ।

राष्ट्रिय टेलिभिजनबाट संवोधन गदै उनले भारी वर्षा आगामी १० दिन पनि कायमै रहने सम्भावना देखिएको बताए ।

उनले वर्षाको सम्भावना अझै बाँकी रहेकोले बाढी पहिरो अझै बढ्न सक्ने खतरा रहेको पनि उल्लेख गरे ।

थप बाढी पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन सबै निकायलाई आग्रह गर्दै उनले उद्धारकार्यका लागि तयारी अवस्थामा रहन सरकारी अधिकारीलाई निर्देशन दिए ।

बाढी पहिरोका कारण यातायात सेवा प्रभावित हुनुका साथै विद्युत र सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

आम नागरिकको दैनिकी नै नराम्रोसँग प्रभावित भएको र धेरै मानिस त्रसित अवस्थामा रहेको अधिकारीले जानकारी दिएका छन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्