Shikhar Insurance

अब बैंकहरुको नाफा घट्छ, सीडी रेसियो कार्यान्वयनमा नयाँ मोडालिटी चाहियोः अध्यक्ष दाहाल

सिंहदरबार संवाददाता
२०७८ भाद्र ११, शुक्रबार १६:४९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको नाफा निरन्तर घटिरहेकाले सीडी रेसियो कार्यान्वयनको मोडल संसोधन गर्न माग गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको मौद्रिक नीति कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले बैंकहरुको नाफा सेयर कारोबारका कारण बढेको बताए ।

सेयर कारोबारमा राष्ट्र बैंकले अघि सारेको सिमाका कारण बैंकहरुको नाफा अझै घट्ने बताए । ‘यसपाली बैंकहरुले सेयर बजारबाट अलि बढी नाफा देखिएको हो । सेयर कारोबारबाट पाएको नाफालाई हटाउने हो भने बैंकहरुले नाफा थोरै छ ।’, सानिमा बैंकका सिईओ समेत रहेका अध्यक्ष दाहालले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले सीडी रेसियो कार्यान्वयनका लागि तीन चरण समेत प्रस्तावप गरे । पहिलो चरण पुससम्मा ९२ प्रतिशत, दोश्रो चैतमा ९१ प्रतिशत र असारमा ९० प्रतिशत कायम गर्दा हुने व्यवस्था गर्न उनले गभर्नर समक्ष सुझाव दिएका हुन् ।

बैंकहरुले निक्षेपकर्ता र ऋणीलाई नै फाइदा हुने गरि काम गरेको तर निक्षेपकर्ता भन्दा ऋणीहरुले धेरै लाभ दिएको बताए । उनले केहि क्षेत्र बाहेकका उद्यम व्यवसाय पुनःरुत्थान हुँदै गएकाले आधार ब्याजदरमा ३ प्रतिशत भन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्था हटाउँदा बैंकहरुको हित हुने पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्