Shikhar Insurance

कोरोना महामारीपछि लय समाउँदै अमेरिकी अर्थतन्त्र

सिंहदरबार संवाददाता
२०७८ भाद्र १२, शनिबार १२:४८
NIMB
Nabil Bank

वासिङटन । अमेरिकी मुद्रास्फीतिको प्रमुख आधार गत महिना पनि बढेको छ । गत वर्ष कोभिड–१९ का कारण आएको मन्दीका कारण अमेरिकी अर्थतन्त्रमा परेको असर अझै जारी रहेको भएपनि शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कमा अमेरिकी अर्थतन्त्रले सुधारको बाटो लिएको छ ।

वाणिज्य मन्त्रालयले भनेको छ,“सन् २०२० को सोही महिनाको तुलनामा जुलाईमा व्यक्तिगत खर्चको मूल्य सूचकाङ्क द्रूत गतिमा वृद्धि भई मुद्रास्फीति ४.२ प्रतिशत कायम भएपनि समग्रमा आर्थिक सुचकाङ्कले सुधारको सङ्केत गरेको छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

अघिल्लो महिनाको तुलनामा आम्दानी १.१ प्रतिशतले वृद्धि भयो भने खर्च ०.३ प्रतिशतमा सीमित रहेको छ । विश्लेषकहरूले कोभिड–१९ को द्रूत गतिमा फैलिरहेको डेल्टा भेरिएन्टको कारण केही उपभोक्ताहरूले सामान्य अवस्थामा जस्तो खर्च गर्न नखोजेको भेटिएको बताएका छन् ।

अक्सफोर्ड इकोनोमिक्सकी लिडिया बुसौरले तथ्याङ्कलाई केलाउँदै भने, “महामारीको थकानले तीव्र भावनात्मक प्रतिक्रियाहरू आउने गरेको पाइन्छ तथापि हामीलाई विश्वास के छ भने शान्त उपभोक्ताको कारण उपभोक्ता खर्चमा नियन्त्रण भएको छ जसका कारण अर्थव्यवस्था उल्टो हुँदैछ ।”

वाणिज्य मन्त्रालयले राष्ट्रपति जो बाइडेनको विस्तारित बाल कर क्रेडिटलगायतका मार्चमा आएका नागरिक प्रोत्साहन प्याकेजको अनुमोदनजस्ता सरकारी नीतिहरूले आय वृद्धिलाई बढाएको छ र कर्मचारीलाई दिइएको क्षतिपूर्तिको वृद्धिले पनि यसमा भूमिका खेलेको थियो ।

साधारणतया महामारीका कारण अमेरिकी अर्थतन्त्र कमजोर बनेको भएपनि आपूर्तिको कमीका साथसाथै श्रम अभावले गर्दा केही उद्योग मालिकहरूले ज्याला बढाउन थालेका छन् । यसले गर्दा मुद्रास्फीति बढेको छ र जुलाईको वृद्धि अघिल्लो बर्षको जून महिनाको भन्दा चार प्रतिशतभन्दा बढी रहेको छ ।

फेडरल रिजर्वले आफ्नो मूल्य वृद्धिको रुचाइएका नापको रूपमा पीसीई प्रयोग गर्दा उक्त तथ्याङ्कले उनीहरूलाई आफ्नो सरल मुद्रा नीतिलाई कम गर्न दबाब दिन सक्छ ।

अमेरिकी उपभोक्ताको सामान्य खर्च जुन महिनाको १.१ प्रतिशतभन्दा गत महिना निकै कम देखिएको छ । उपभोक्ताहरूले सेवाहरूको खर्च १०२.६ अर्ब अमेरिकी डलरले बढाएको तर सामानको खर्च ६०.४ अर्ब अमेरिकी डलरले कम गरेको भेटिएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्