Shikhar Insurance

एमसीसी मुलुकलाई जरुरी छ, छलफल गरेर पास गर्छाैः मन्त्री कार्की

सिंहदरबार संवाददाता
२०७८ भाद्र १२, शनिबार १३:१६
NIMB
Nabil Bank

मोरङ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी एक विकास परियोजना भएकाले मुलुकलाई जरुरी रहेको बताएका छन् । उनले एमसीसी परियोजना दलहरुबीच छलफल गरेर पारित गरिने बताए ।‘एमसीसी एक विकास परियोजना हो, देशका लागि आवश्यक छ, दलहरुबीच छलफल गरेर पारित गर्छाै’, मन्त्री कार्कीले भने ।
विराटनगर विमानस्थलमा सञ्चाकर्मीसँग कुरा गर्दै उनले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पारे । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको जानकारी दिए ।

समयको महत्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी दिगो विकासका कार्य गर्ने प्रष्ट पारेको उनले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यक्ता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यस सम्बन्धमा छलफल हुने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

एक प्रश्नको जवाफमा मन्त्री कार्कीले नेपाली कांग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न यही भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने र सभापतिको उम्मेदवारीका लागि पनि सूचना जारी गरिने जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्