Shikhar Insurance

शैक्षिक गुठीलाई कृषि विकास बैंकको सहयोग, मह जोडी पनि सम्मानित

सिंहदरबार संवाददाता
२०७८ भाद्र १५, मंगलवार २१:४८
NIMB
Nabil Bank

काठमाडौं । कृषि विकास बैंकले समता शैक्षिक गुठीलाई आर्थिक सहयोग गरेको छ । बैंकले हास्यकलाकरद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा समता शैक्षिक गुठीका सञ्चालक उत्तम संञ्जेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको उक्त सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्तान्तरण गरे । बैंकले राष्ट्रिय कलाकरद्वय श्रेष्ठ र आचार्यलाई पनि सम्मान गरेको थियो ।

Citizen Life
Kumar Bank

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले वर्तमान अवस्थामा पुर्‍याएका सेवाका बारेमा उल्लेख गरे । आगामी दिनमा समता शैक्षिक गुठीलाई यस प्रकृतिका सहयोग बैंकका फिल्ड स्थित प्रदेश कार्यालहरुबाट समेत नियमानुसार उपलव्ध गर्न सकिने उनको भनाइ थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्