Shikhar Insurance

‘नैतिकता छोड्न सकिएन’ भन्दै मेलम्चीकी उपमेयरले रोजिन् नेकपा (एकीकृत समाजवादी)

सिंहदरबार संवाददाता
२०७८ भाद्र १६, बुधबार १५:२३
NIMB
Nabil Bank

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपालले नेकपा एकीकृत (समाजवादी पार्टी) रोजेकी छिन् ।

उनले मंगलवार आफु समाजवादी पार्टीमा लागेको भनेर सनाखत गरेकी हुन् । आफुहरू सुरुदेखिनै संसद विघटनलाई प्रतिगमन भन्दै आन्दोलनको मोर्चामा रहेको र अहिले पनि सोही अडानमा कायम रहँदै एकीकृत समाजवादी रोजेको उपमेयर नेपालले सिंहदरबारलाई बताइन् ।

Citizen Life
Kumar Bank

उनले भनिन्, “हामी प्रतिगमनको विरुद्धमा निरन्तर लागिरहेका थियौं, सोही नैतिकताका आधारमा मैले एकीकृत समाजवादी रोजेकी हुँ ।” उनीसँगै चौतारा नगरपालिका वडा नं. १० का वडाअध्यक्ष बेलबहादुर महतले समेत एमाले त्याग गरी एकीकृत समाजवादी पार्टीमा लागेको भनी सनाखत गरेका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्