Shikhar Insurance

यूएईसँग ३६ अर्बको व्यापार घाटा कम गर्न गोल्छाले राजदुतसँग गरे यस्तो प्रस्ताव

सिंहदरबार संवाददाता
२०७८ भाद्र १६, बुधबार १८:५८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्सबीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप प्रगाढ पार्नुपर्नेमा जोड दिइएको छ । द्विपक्षीय व्यापार विस्तार एवं संयुुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको निर्यात प्रवद्र्धनमा दुुवै देश बीच गम्भीर गृहकार्य हुनुपर्नेमा महासंघको जोड छ ।

नेपालका लागि संयुक्त अरव इमिरेट्सका राजदूत सइद हमदान अल नाकवी र महासंघका अध्यक्ष शेखर गोल्छा बीच महासंघ सचिवालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिइयो । दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ ।

Citizen Life
Kumar Bank

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०२०/२१ मा ३६ अर्ब भन्दा बढीको व्यापार घाटा रहयो । सन् २०१९/२० मा करिव १८ अर्ब र २०१८/१९ मा ३५ अर्बको व्यापार घाटा थियो । नेपालले तयारी पोसाक, हाते गलैचा तथा हस्तकलाका सामानहरू, मुसुुरोका दाल लगायतका सामग्रीहरू निर्यात गर्दै आएको छ भने सुन तथा चाँदी, खनिज तेल र यससँग सम्बन्धित अन्य उत्पादनहरू, प्लाष्टिक्स तथा प्लाष्टिक्सजन्य सामानहरू, कपर स्क्राप, चकलेट, कार्पेट्स तथा अन्य ओछ्याउने वस्तुहरू आयात गर्दछ । उद्योग विभागका अनुसार २०७८ असार ३१ सम्म नेपालमा कृषि तथा वनमा आधारित, उर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी २३ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् । व्यापार घाटा कम गर्न र आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सहकार्यका क्षेत्रहरू पहिचान गरेर अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड थियो ।

नेपालको प्रमुख श्रम गन्तव्य मध्येको एक संयुक्त अरब इमिरेट्सतर्फ नेपालबाट कृषि उत्पादन निर्यातको बलियो सम्भावना रहेकाले कृषिमा संयुक्त लगानी आकर्षणमा जोड दिइयो । हवाई मार्गबाट निकै नजिक रहेका नेपाल र यूएई बीच पर्यटन, सहकार्यको अर्को कडी हुन सक्ने र यस क्षेत्रमा संयुक्त लगानीका माध्यमबाट थुप्रै काम गर्न सकिने सम्भाव्यता माथि छलफल भयो । यसका लागि दुवै देशका सरकार–सरकार र निजी क्षेत्र–निजी क्षेत्र बीचको समन्वय र सहकार्यलाई अझ घनीभुतढंगबाट लैजानुुपर्नेमा भेटवार्तामा जोड दिइयो ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले आपसी सम्भव्यतालाई सफल पार्न आर्थिक कुटनीतिको सहयोगको अपेक्षा गरे । यूएईसँग आर्थिक सम्बन्ध मजवुद वनाउने कार्यमा नेपाली निजी क्षेत्र लालयित रहेकाले सहयोग गर्न राजदूतलाई आग्रह गरे ।

राजदूत सइद हमदान अल नाकवीले आफ्नोतर्फबाट आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुर्वै देशका निजी क्षेत्र बीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास दिलाए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्