Shikhar Insurance

कमेडी च्याम्पियनको फाइनलः कमेडियनको भन्दा नेताको बढी प्रतिस्पर्धा

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार १६:१७
NIMB
Nabil Bank

काठमाडौं । कमेडी च्याम्पियनको फाइनल रोमाञ्चक हुने भएको छ । उच्चकोटीको प्रदर्शन गर्दै आएका ३ प्रतिस्पर्धी फाइनलमा पुगेका छन् ।

हिक्मत महरा आउट भएसँगै भरतमणी पौड्याल, बिक्की अग्रवाल र सन्तोष थापा फाइनलमा भिड्दैछन् ।

Citizen Life
Kumar Bank

च्याम्पियनको फाइनल सुटिङ भइसकेको छ तर प्रशारण भएको छैन । फाइनलमा यसपाली कमेडियनको भन्दा बढी नेताको प्रतिस्पर्धा हुने देखिएको छ ।

राउन्डको उत्कृष्ट पर्फमेन्स गरेर सीधै फाइनलमा पुगेका पौड्याललाई ताप्लेजुङका सांसद तथा नेकपा एमालेका नेता योगेश भट्टराईको साथ छ । भट्टराईले हरेक प्रस्तुती नसकिँदै भरतको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट्याउँदै आएका छन् । यस्तै सन्तोष थापा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको गृहजिल्लाका हुन् । विदेशी कन्टेस्टेन्ट बिक्कीलाई भोट गर्न सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आर्थिक सहयोग गरेका छन् ।

नेपाली दुई नेता पनि आआफ्नो जिल्लाका प्रतिस्पर्धीलाई जिताउन लागिपरेका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्