Shikhar Insurance

चोखेलका ८३ किसानलाई कृषि विकास बैंकले दियो किसान क्रेडिट कार्ड

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार १६:०२
NIMB
Nabil Bank

काठमाडौं । कृषि विकास बैंकले काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं. ३ चोखेलमा किसान क्रेडिट कार्ड वितरण गरेको छ । चोखेलका स्थानीय किसानलाई कृषि उपज खरिदबिक्री देखि बिउ/मलखाद/मौसमसमेतको जानकारी हुने कार्ड दिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले प्रारम्भिक रुपमा ८३ वटा कार्ड किसान ग्राहकलाई उपलब्ध गराएका हुन् ।

Citizen Life
Kumar Bank

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले किसान क्रेडिट कार्डको महत्त्व र फाइदाका बारेमा प्रकाश पारे । बैंकले बैंकले उपलब्ध गराएका अन्य सेवाको पूर्ण उपभोग गर्न उनको आग्रह छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लामो इतिहास बोकेको नेपालको पुरानो विद्युत गृह चन्द्रज्योति पावरहाउसको परिसरमा राख्ने गरी १० थान डस्टबिन पनि प्रदान गरेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्