Shikhar Insurance

कानुनमा सामान्य सुधार गरे केही वर्षमै औषधिमा आत्मनिर्भर हुन सकिने

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार १९:०३
NIMB
Nabil Bank

काठमाडौं । नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानूनमा परिमार्जनका साथ सोही अनुसार अनुुकुल वातावरण बनाउनुपर्ने उद्योगी तथा व्यापारीहरुको एकस्वरको सुझाव पाइएको छ । औषधि उद्योगीहरूसँग नेपाल उद्योयग वाणिज्य महासंघले गरेको अन्तक्र्रियामा औषधी लगायत उद्योग व्यवसायसँग सम्बन्धित जतिपनि ऐन कानूनहरू छन् तीनको प्रस्तावना मै उद्योग व्यवसायलाई निरूत्साहित गर्ने खालको भाषा रहेकाले त्यसमा व्यापक सुधारको खाँचो रहेको यनीहरुले औंल्याएका हुन् ।

एक तथ्यांक अनुसार नेपालको औषधि बजार करिब ४५ देखि ५० अर्वको रहेको छ । त्यसमा हाल ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटेको छ भने बाँकी औषधि भारत लगायतका मुुलुहरूबाट आयात हुने गरेको छ । केही वर्ष अघिसम्म करिव १० प्रतिशत मात्र स्वदेशी उत्पादन रहेकोमा अहिले त्यो बढेर करिब ५० प्रतिशत पुुगेको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सक्यो भने छिट्टै नेपाललाई औषधिमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने दावी उद्योगीहरूको छ । यसका लागि हाल औषधि ऐन २०३५ सहितलाई संशोधन गर्नुपर्छ ।

Citizen Life
Kumar Bank

केही स्वदेशी उद्योगहरूले थोरै मात्रामा निर्यात समेत गर्दै आएका छन् । औषधिको बजार प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको बताइन्छ । औषधिमा आत्मनिर्भर बन्नका लागि अनुुकुल नीति र त्यसको प्रभावकारी कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता हो । त्यसो हुन सक्यो भने यस क्षेत्रमा वाह्य लगानी, प्रविधि समेत आकर्षणमा ठूलो सहयोग पुुग्ने दाबी छ । सरकार उत्पादनमुुखी राजस्व प्रणालीतर्फ सिफ्ट हुनुुपर्ने सुुझाव उद्योगीहरूको छ । नेपाल सन् २०२६ सम्म अल्पविकसित मुुलुकबाट विकासशील मुलुकमा रूपान्तरणको तयारीमा रहेपनि सरकारको तदारूकता सोही अनुसारका नदेखिएकाले त्यसमा निरन्तर झक्झक्याउने काम गर्नुपर्ने धारणा सो अवसरमा व्यक्त गरियो ।

नेपाल औषधि उत्पादक संघ(एपोन)का नवनिर्वाचित पदाधिकारी एवं कार्य समिति सदस्यहरूको सम्मानमा महासंघले आयोजना गरेको स्वागत एवं बधाई कार्यक्रममा औषधि उद्योगीहरूले महासंघले अगाडि सारेको राष्ट्रिय आर्थिक रूपान्तरणको मार्गचित्र (नेट) २०३० लाई सफल पार्न आफ्नो क्षेत्रबाट पूर्ण सहयोग रहने प्रतिवद्धता समेत जनाए ।

महासंघका अध्यक्ष शेखर गोल्छाले औषधि उत्पादक संघका पदाधिकारीहरूलाई बधाई दिंदै मुलुकको आर्थिक भविष्य उज्जल बनाउने लक्ष्यका साथ महासंघले ल्याएको नेट २०३० को सफल कार्यान्वयनमा सहकार्य गर्न आग्रह गरे ।

“मानिसको स्वास्थ्य जस्तो अत्यन्त महत्वपूर्ण क्षेत्रसँग जोडिएको तपाईहरूको उद्योगधन्दालाई प्रवद्र्धन गर्ने कार्यमा महासंघले सधै नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्छ, कहां समस्या छन्, के गर्दा ती समस्या समाधान भई मुलुुकलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ, लगानी विस्तार रोजगारी सृजना गर्न सकिन्छ एकै ठाउँमा बसौं अप्ठेराहरू पहिचान गरी त्यसको कार्यान्वयका लागि सरकारमा पहल गरौ, महासंघ त्यसको नेतृत्व लिएर अगाडी बढ्न तयार छ,” अध्यक्ष गोल्छाले भने ।

महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठले महासंघले आफ्ना सदस्यहरूको समस्या समाधानमा सधै उच्च प्राथमिकता दिएको विश्वास दिलाए । उद्योगधन्दाको विकास विस्तारमा रहेका समस्याहरूको पहिचान गरी तीनको समाधान र औषधि लगायतका उत्पादनहरूमा मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ महासंघले निजी क्षेत्रका तर्फबाट सरकारमा स्ट्रङ लबिङ गर्ने प्रतिवद्धता जनाए ।

औषधि उत्पादक संघका अध्यक्ष प्रज्जवलजंग पाण्डेले केही वर्ष अघिसम्म पनि नेपालमै औषधि बन्छ र भन्ने आमधारणा रहेकोमा अहिले केही मात्रामा निर्यात समेत गर्न सक्ने अवस्थामा पुुगेको बताउँदै सरकारको उचित सहयोग हुन सक्यो भने अवको केही वर्षमै मुलुकलाई आत्मनिर्भर बनाउन सकिने दावी गरे । “मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा हामी छौ यसमा हामीले महासंघबाट ठूलो सहयोगको अपेक्षा गरेको छौं,” उनले भने । मुलुकको उज्ज्वल आर्थिक भविष्यको परिकल्पनाका साथ महासंघले अगाडी बढाएको नेट २०३० मा आफ्नो संस्थाको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्