Shikhar Insurance

टेलिकम भन्छः विदेशीबाट आउने अनाधिकृत कल उठाउँदा मेन ब्यालेन्स पनि काटिने समस्याको कारण यस्तो

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार १९:३४
NIMB
Nabil Bank

काठमाडौं । विदेशी नम्बरबाट मिस्ड कल आउने, कल सफल भएपनि कोही नबोल्ने, मेसिनले जवाफ दिने जस्ता समस्या आएपछि नेपाल टेलिकमले सगज हुने आह्वान गरेको छ । टेलिकमका मोबाइल नम्बरमा कल गर्ने ग्राहकको ब्यालेन्सबाट पैसा काटिने जस्ता स्थिति आएपछि टेलिकम तातेको हो ।

केही दिन यता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्ता घटना ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने टेलिकमको आशंका छ । कम्पनीले आफ्नो ग्राहकलाई आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एप इन्स्टल नगर्न वा हटाउनु अनुरोध गरेको छ ।

सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कलहरु नहुने टेलिकमको दाबी छ । कम्पनीका ग्राहकको सुविधाका लागि टेलिकमले कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको जनाएको छ ।

टेलिकमले अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि ग्राहकवर्ग पनि सतर्क रहन तथा कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आईएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्न अनुरोध गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्