Shikhar Insurance

सर्वाेच्चले भन्योः कर्मचारी सञ्चय कोषका प्रशासक गौतमलाई हटाउने निर्णय कार्यान्वयन नगर्नु

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार १९:२७
NIMB
Nabil Bank

काठमाडौं । कर्मचारी सञ्चय कोषका प्रशासक तुल्सी प्रसाद गौतमको जागिर जोगिएको छ । ओली सरकारले कोषको प्रशासकमा नियुक्त गरेका गौतमलाई देउवा सरकारले हटाउने निर्णय गरेको थियो । सरकारको निर्णय विरुद्ध सर्वाेच्च अदालतमा गएका गौतमलाई अदालतले थमौती दिएको हो ।

गौतमलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ । बिहिबार सर्वाेच्च अदालतका न्यायधिश बमकुमार श्रेष्ठको एकल इजलासले गौतमलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । गौतमलाई अर्थ मन्त्रालयले एक साता अघि प्रशासकबाट हटाउने निर्णय गरेको थियो । सर्वोच्चको आदेशले गौतम पुर्ववत अवस्थामा फर्कन सक्नेछन् ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्