Shikhar Insurance

अपागंता भएकाहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिन माग

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार १९:५९
NIMB
Nabil Bank

काठमाडौं । अपाङ्गता भएकाहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चितताको माग गरेका छन् । राजधानीमा पत्रकार सम्मेलन गरेर आङ छोङ्बा शेर्पाले अपाङ्गता व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्टाएर सुनिश्चितता गर्न माग गरेका हुन् ।

शेर्पाले म्युच्युअल फण्ड, कर्मचारीलाई पनि आईपीओको प्रतिशत छुट्टाईएको भन्दै अपांगहरुलाई पनि केही प्रतिशत छुट्याउन माग गरे । उनले भने,‘म्युच्युअल फण्ड तथा कर्मचारीलाई आईपीओको प्रतिशत छुट्याईएका छ, तर अपांगहरुलाई छैन, हामीलाई पनि ५ देखि १० प्रतिशतसम्म छुट्टाउनुपर्छ ।’

Citizen Life
Kumar Bank

उनले धेरै संघ/संस्थाहरुले विदेशबाट रकम ल्याएर आफ्नो दानापानीको व्यवस्था गर्ने भएकोले आफु कुनै संघ/संस्थामा आवद्ध नभएको समेत बताए । शेर्पाले उमेरमै आईपीओ बारेमा जानकारी पाउने मौका नपाएको भन्दै आधा उमेर बितेपछि बुझेर सबै अपांगहरुको लागि केही गर्न खोजेको बताए ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्