Shikhar Insurance

बीमाको दायरामा हुने जनसंख्या वर्षदिनमै २.७ प्रतिशतले बढे (अरू तथ्यांक कस्तो ?)

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार २०:३६
NIMB
Nabil Bank

काठमाडौं । वर्षदिनमै बीमा दायरामा आउने जनसंख्याको मात्रा २.७ प्रतिशतले बढेको छ । २०७७ साउन मसान्तसम्म नेपालका २२.३१ प्रतिशत नेपाली बीमाको दायरामा आएकामा २०७८ साउन मसान्तसम्म २४.९९ प्रतिशत पुगेको हो ।

बीमा समितिका अनुसार वैदेशिक रोजगार बिमालेखसमेत जोड्दा यस्तो बीमाको दायरा २६.८९ प्रतिशतमा पुगेको छ । १ वर्षअघि दायरा २५.१८ प्रतिशत थियो ।

Citizen Life
Kumar Bank

नेपालको जनस‌ंख्या ३ करोड ४ लाख ४४ हजार ३ सय ३९ छ । जसमा ७६ लाख ९ हजार १ सय ५२ जना बीमाको दायरामा रहेको समितिको दाबी छ । वैदेशिक रोजगारीमा जानेको समेत जोड्दा कुल ८१ लाख ८६ हजार ५ सय ६२ जना बीमाको दायरामा आएका छन् ।

हालसम्म जीवन कम्पनीहरुले कुल ८५ लाख ८७ हजार ४४ वटा (वैदेशिक रोजागार बीमालेख ५ लाख ७७ हजार वटासमेत) बीमा लेख जारी गरेका छन् । सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २ लाख ४१ हजार ८ सय ३७ बीमा लेख जारी गरेका छन् ।

वर्षदिनमा जीवन बीमालेख संख्या १३.४३ प्रतिशतले र निर्जीवन बीमालेको संख्या ०.१७ प्रतिशतले बढेको हो । वैदेशिक रोजगार बीमालेख संख्या भने अघिल्लो साउन मसान्तको तुलनामा ३२.९ प्रतिशतले घटेको छ ।
जीवन बीमालेख संख्या अघिल्लो मसान्तको तुलनामा ८.४ प्रतिशतले बढेको भने निर्जीवन बीमालेखको संख्या ०.१७ प्रतिशतले बढेको हो ।

यस्तो छ, बीमासम्बन्धि थप तथ्यांक

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्