Shikhar Insurance

प्रदेश २ मा एकीकृत समाजवादीको बहुमत, सनाखत गर्नेको सङ्ख्या बढ्दो

सिंहदरबार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार ११:५५
NIMB
Nabil Bank

जनकपुर । प्रदेशसभा नं २ मा नेकपा (एमाले) विभाजित हुँदा नवगठित नेकपा  (एकीकृत समाजवादी) पार्टीमा बहुमत देखिएको छ । संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश नं २ को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११ जना पुगेका हुन् दश जना उपस्थित भएर र हाल दिल्लीमा उपचाररत डिल्लीप्रसाद उप्रेतीले हिजै साँझ निर्वाचन आयोगको स्वीकृतिमा त्यहाँस्थित नेपाली दूतावासमार्फत समाजवादी दल रोजेको पत्र आएपछि यो सङ्ख्या ११ पुगेको हो ।

सनाखत गर्नेहरूमा संसदीय दलका नेता रहेका शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र यादव, खुशीमा खातुन, प्रमोद यादव, रवीन्द्र बैठा, बेचु लुङ्गेली, अशोक यादव, मदन जैन श्रीवास्तव र मञ्जु यादव हुनुहुन्छ ।

Citizen Life
Kumar Bank

सत्यनारायण मण्डल, त्रिलोकीप्रसाद, अनिता यादव, मनोजकुमार सिंह, शारदादेवी थापा, किशोरी साह कमल, लगनलाल चौधरी र जगतारैणदेवी सुँडीले मूल पार्टीमै रहने, पछल्लोपटक सुन्दर विश्वकर्मा र सीता गुरुङ हिजो एमालेको कार्यक्रममा सहभागी भएपछि १० जना पुगेको हो ।

नेता महतोले विश्वकर्मा र गुरुङले तोकिएको म्याद (भदौ २२ भित्र) एकीकृत समाजवादीमै आएर सनाखत गर्ने जिकिर गरेपनि एमालेको प्रदेशस्तरीय कार्यक्रममा बिहीबार दुबै सहभागी भएकाले महतोको जिकिर नपुग्ने एमाले नेता सत्यनारायण मण्डलले बताए । रासस

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्