Shikhar Insurance

जापानका प्रधानमन्त्री सुगाले सत्ता छाड्ने, सक्रिय राजनीतिबाट पनि सन्यास लिने

सिंहदरबार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार १२:१४
NIMB
Nabil Bank

काठमाडौं । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा दिने घोषणा गरेका छन् । उनले अब पार्टी नेतृत्वका लागि चुनाव समेत नलड्ने घोषणा पनि गरेका छन् । उनले यसै महिना प्रधानमन्त्रीबाट राजीनामा गर्ने संकेत गरेका हुन् ।

एक वर्ष अघि शिंजो आवेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए । आफ्नो लोकप्रियतामा व्यापक गिरावट आएपछि सुगाले सत्ता छाड्ने र सक्रिय राजनीतिक जिवन बाटै सन्यास लिने घोषणा गरेका हुन् ।

Citizen Life
Kumar Bank

कोरोनाका कारण जापानमा अहिले पनि आपतकालिन अवस्था कायमै छ । १५ लाख जापानी कोरोना संक्रमित बनेका छन् तर खोप लगाउने क्रम पनि सुस्त देखिएको छ ।
कोरोनामारीका बीच पनि जापानले ओलम्पिक आयोजना गरेको भन्दै व्यापक असन्तुष्ठि बढेको छ । सत्ताधारी एलडीपी पार्टीले २७ सेप्टेम्बरका दिन पार्टीको नयाँ नेताका लागि निर्वाचन गर्दैछ । पार्टी नेताकै हातमा देशको नेतृत्व गर्ने बढी सम्भावना रहन्छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्