Shikhar Insurance

६० लाखको बाउन्स चेक दिने अभियुक्त पक्राउ

सिंहदरबार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार २१:३१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल प्रहरीले ६० लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसूर मुद्दामा उच्च अदालत पाटनले ६० लाख जरिवना गरेपछि फरार रहेका इलाम विर्तामोडका ४३ वर्षीय टङ्कनाथ कट्टेललाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ ४ गतेको फैसलापछि सात दिन कैद र बिगो बमोजिम ६० लाख जरिवनापछि फरार रहेका कट्टेललाई बिहिबार झापाको विर्तामोडबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ परेका उनले आफ्नो सिभिल बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

Citizen Life
Kumar Bank

उच्च अदालतले उनलाई बैंकिङ कसूर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले जानकारी दिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्