Shikhar Insurance

‘विश्व बजारमा रोजगारीका लागि सक्षम विद्यार्थी उत्पादन गर्ने’

सिंहदरबार संवाददाता
२०७८ भाद्र १९, शनिबार ११:५२
NIMB
Nabil Bank

बिराटनगर । विश्व बजारमा नेपाली विद्यार्थीलाई दक्ष बनाइ उच्चस्तरको रोजगारी उपलव्ध गराउने उद्देश्यले विराटनगरमा स्नातक तहको अतिथि सत्कार व्यवस्थापन विषयको कलेज सञ्चालनमा आएको छ । शिक्षा क्षेत्रमा अग्रणी रहेको ‘आइएनजी ग्रुप’ ले बेलायती विश्वविद्यालयको सम्बन्धनमा ‘विराटनगर इन्टरनेशनल कलेज’ले पत्रकार सम्मेलन गरि तीन वर्षे स्नातक तहको ‘इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेण्ट’ विषय यस वर्षदेखि सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

इनोभेट नेपाल ग्रुपको स्वामित्व र व्यवस्थापनमा सञ्चालन हुने कलेजमा अध्ययनरत विद्यार्थीलाई नेपाल तथा विदेशमा तालिम तथा रोजगारीका लागि पठाउन विभिन्न संंस्थासँग साझेदारी गरेको ग्रुपका प्रमुख सुलभ वुढाथोकीले बताए ।

Citizen Life
Kumar Bank

कलेजका प्रमुख कार्यकारी अधिकृत ऋषिकेश वाग्लेले नौलो विषयमा अध्ययन गर्ने गरी उत्पादन हुने विद्यार्थी विश्वका जुनसुकै देशमा रोजगारी प्राप्त गर्न सक्षम हुने जानकारी दिए । उक्त कलेज यस अघि मेरिल्याण्ड कलेज रहेकोमा अहिले इन्टरशेनल कलेजको पूर्णस्वामित्वमा आएको कलेजका विकास दाहालले जानकारी दिए । ग्रुपबाट सञ्चालित कलेजबाट अहिलेसम्म ४०० विद्यार्थी दीक्षित भएका छन् । त्यस्तै ४०० अध्ययन गरेका र ९५ प्रतिशत विद्यार्थी नेपाल तथा विभिन्न देशमा रोजगाररत छन् । ग्रुपले विभिन्न सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनी तथा अनलाइन लर्निङको ‘माई सेकेण्ड टिचर’ समेत सञ्चालन गरिरहेको छ । रासस

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्