Shikhar Insurance

दुई दर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट, नेप्सेमा १०८ अंकको पहिरो

सिंहदरबार संवाददाता
२०७८ भाद्र २०, आईतवार १६:०६
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारमा भारी पहिरो गएको छ । नेगेटिभ सर्किट लागेको दिन सामान्य सुधार हुने संकेत गरेपनि अन्ततः तीन अंकले खुम्चिएको हो ।

दिनको १ बजे नेप्सेमा नेगेटिभ सर्किट लागेको थियो । परिसूचक दिनको तल्लो बिन्दु २७८२ अंक (५ प्रतिशतले घटेर)मा ओर्लिएको थियो । लगत्तै सुधारको राम्रो प्रयास गरेको भएपनि सम्हालिन सकेन । अन्ततः १०८.२६ अंक (३.७ प्रतिशत)ले घटेर २८१८.७३ अंकमा आइपुगेको छ ।

Citizen Life
Kumar Bank

नेप्से २८ सय अंकमा आइपुग्दा दुई दर्जन कम्पनीमा नेगेटिभ सर्किट लागेको छ । २३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्दा ४ कम्पनीको मूल्य करिब १० प्रतिशतले घटेको छ । नेप्सेमा भारी अंकको गिरावट आउँदा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने ९.९८ प्रतिशतले बढेको छ ।
बजारमा सबैभन्दा बढी कारोबार अरूण भ्यालि हाइड्रोको भयो ।
कारोबार सुरू हुँदै ह्वात्तै घटेको नेप्से परै समय रातो भयो । बजारमा २ करोड ३० लाख कित्ता सेयर ११ अर्ब २४ करोड रूपैयाँमा किनबेच भए ।

No description available.

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्