Shikhar Insurance

सामसङले नेपालमा ल्यायो दुई नयाँ फोल्डिङ फोन, कतै नपाइने यति धेरै फिचर (मूल्य कति ?)

सिंहदरबार संवाददाता
२०७८ भाद्र २०, आईतवार १६:४४
NIMB
Nabil Bank

काठमाडौं । सामसङले नेपाली बजारमा फोल्डि फोनका दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जी तथा ग्यालेक्सी जेड फ्लिप ३ फाइभ जी प्रस्तुत गरेको छ । सामसङका यी दुई नायाँ मोडेलहरुले बास्तवमै ग्राहकहरुलाई अद्वितीय, मनोरञ्जनात्मक एवं जीवन्त अनुभव प्रदान गर्ने छन् । सामसङका ग्राहकवर्गहरुले उत्सुकता पूर्वक प्रतिक्षा गरेका नयाँ नयाँ सुविधा एवं विशेषताहरु यस फोनमा विद्यमान रहेका छन् ।

यस अघि नभएका आइकोनिक, स्टाइल तथा ड्युरेबिलिटी जस्ता विशेषता यस फोल्डेबल फोनमा रहेका छन् । ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जी तथा ग्यालेक्सी जेड फ्लिप ३ फाइभ जीमा थुप्रै विशेष तरिकाबाट कामगर्न, भिडियो हेर्न तथा गेम खेल्न सकिने छ ।

Citizen Life
Kumar Bank

सामसङले आफ्ना यी दुई फोल्डेबल फोनहरुमा सामसङको उत्कृष्ट आविष्कार तथा आकर्षक डिजाइनको विरासत कायम नै रहेको छ । नयाँ ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जी मा प्रोडक्टिभिटि तथा निरन्तर मनोरन्जन प्रदान गर्न मल्टिटास्किङ्ग पावर हाउसको साथ ७.६ इन्चको इन्फिनिटी फ्लेक्स डिस्प्ले, उत्कृष्ट कार्य क्षमता तथा एसपेन जस्ता सुविधाहरु रहेका छन् । यसमा ग्राहकले एसपेनको सहायताले फोल्डेबल स्क्रिनमा अन द गो को अवस्थमा पनि वृहत् कार्यहरु सम्पादन गर्न सकिन्छ ।

No description available.

ग्यालेक्सी जेड फ्लिप ३ फाइभ जीअरु भन्दा फरक देखिन चाहनेहरुका लागि सही छ । यसका अद्वितीय कलर विकल्पहरु, रिफान्ड फिनिस जस्ता विशेषताहरुले यो फोन वास्तवमै अद्वितीय बन्न पुगेको छ । त्यस्तै ग्यालेक्सी जेड फ्लिप ३ फाइभ जी मा कार्यक्षमता एवं स्टाइलको संमिश्रण गरिएको छ स्लिक, कम्प्याक्ट तथा पकेटेबल डिजाइन, उच्चस्तरीय क्यामरा, ठूलो स्क्रीन जस्ता सुविधाहरुले प्रयोग कर्ताहरुलाई वास्तवमै मोबाइलको जीवन्त अनुभव प्रदान गर्दछ ।

“सामसङमा, हामी निरन्तर नयाँ नयाँ आविष्कार उपलब्ध गराउन प्रति सदैव लागि परेका छौं । स्मार्टफोनले गर्न सक्नेसम्मको उचाइ एवं सिमाहरुलाई प्राप्त गर्नु नै हाम्रो प्रमुख प्रतिबद्धता हो । यसै सिलसिलामा हामीले हालै दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जी तथा ग्यालेक्सी जेड फ्लिप ३ फाइभ जीप्रस्तुत गरेका छौं । यी फोनहरु आजको फास्ट स्पिड दुनियाँको आवश्यकतालाई सहजै पूरा गर्दछ । पायोनियर तथा इन्डस्ट्रि लिडर फोल्डेबल क्याटेगोरी अन्तर्गत स्मार्टफोनका दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जी तथा ग्यालेक्सी जेड फ्लिप ३ फाइभ जीप्रस्तुत गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित भएका छौं । अत्याधुनिक प्रविधि युक्त यी फोनहरुले हाम्रा उपभोक्ताहरुलाई हरेक पलहरुमा थप उत्साह एवं नयाँ पन प्रदान गर्ने छ,” सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापितले बताए ।

ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जी : प्रोडक्टिभिटी तथा इन्टरटेनमेन्टको लागि अनलिमिटेड पावर हाउस

No description available.

नयाँ कार्य क्षमता प्रदर्शनको लागि ७.६ इन्च इन्फिनिटी फ्लेक्स डिस्प्ले, एसपेन जस्तो सुविधा राखेर ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जीको डिजाइन गरिएको छ । त्यति मात्र नभई ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जीमोबाइले प्रयोगकर्ताहरुलाई सुव्यवस्थित, मल्टिटास्किंग र उच्चतम दृश्याबालोकनको जीवन्त अनुभव प्रदान गर्दछ । यो फोनको प्रयोग गरी विभिन्न कार्यहरु गर्न, क्याप्चरिङ्ग, प्लेइङ्ग तथा अन्य थुप्रै सुविधाहरु प्राप्त गर्न सकिन्छ ।

ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जी का प्रयोगकर्ताहरुले आफूलाई मन परेका विषयवस्तुहरु ७.६ इन्च इन्फिनिटी फ्लेक्स डिस्प्लेमा हेर्न सक्नेछन् । यसमा सामसङको नयाँ अन्डर डिस्प्ले क्यामेरा प्रविधिको प्रयोग पनि भएको छ । यसमा मेन तथा कभर स्क्रिनहरुमा १२० हर्ज एडाप्टिभ रिफ्रेस रेट छ यसबाट प्रयोग कर्तालाई सहज स्क्रोलिङ्ग अनुभव प्राप्त हुन्छ ।

No description available.

यसका साथै फुल्ली अप्टिमाइज एसपेन ले ग्लोक्सी जेड फोल्ड ३ प्रयोग कर्ताहरुलाई अझै बढी क्रिएटिभ तथा प्रोडक्टिभ बनाउँदछ । ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जीमा एसपेन फोल्ड एडिसन तथा एसपेन प्रो गरी एसपेन अनुभवका दुई विकल्प रहेका छन् ।

ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जीमा फ्लेक्स मोड फिचर जस्तो सुविधाले माथिल्लो स्क्रिनमा भिडियो च्याट र तल्लो स्क्रिनमा मिटिङ्ग नोटहरु सँगै हेर्न सकिन्छ । यो फोन जेड फोल्ट २ भन्दा पातलो र हलुका पनि छ । यो फोन फेन्टम ब्ल्याक, फेन्टम ग्रिन र फेन्टम सिल्भर रंगमा उपलब्ध छ ।

ग्लोक्सी जेड फ्लिप फाइभ जी : स्टाइल तथा फङ्गसनालिटिको उत्कृष्ट समिश्रण

No description available.

ग्यालेक्सी जेड फ्लिप ३ फाइभ जीमा नयाँ विशेषता, आकर्षक तथा स्टाइलिस जस्ता मनमोहक सुविधाहरुले प्रयोगकर्तालाई अनुकूल स्मार्टफोनको अनुभव प्राप्त गर्न सकिने छ । ३ विभिन्न ट्रेन्डिङ कलरहरु क्रिम, ल्याभेन्डर तथा ब्ल्याकमा उपलब्ध यो फोन स्टाइलिस हुनुको साथै हातमा सहजै अटाउने तथा ग्रिप गर्न सहज हुने छ । यो फोन सेल्फ–एक्पेरियन्सको लागि उपयुक्त डिभाइस हो ।

ग्यालेक्सी जेड फ्लिप ३ फाइभ जीको कभर स्क्रिन पहिलेको भन्दा ४ गुणा ठूलो रहेको हुँदा यसमा फोनलाई अनफोल्ड नै नगरी बाहिरबाटै नोटिफिकेसनका म्यासेजहरु हेर्न सकिन्छ । ग्यालेक्सी जेड फ्लिप ३ फोन प्रयोगकर्ताहरुलाई थप सहजता एवं क्याप्चरिङ्ग क्षमता प्रदान गर्न र तिनलाई शेयरिङ्ग गर्ने सुविधा प्रदान गर्न बनाइएको हो ।

No description available.

सामसङको लेटेस्ट क्यामरा फिचर जस्ता पावर प्याक्ड फिचरहरुले प्रयोगकर्ताहरुलाई फ्लेक्स मोडको साथ ह्याण्डस फ्रि सेल्फि खिच्न सकिन्छ । यसमा भएको क्विक सट फिचर सुविधाले मोबाइल फोन अनफोल्ड नै नगरी छिट्टै फोटो तथा भिडियो खिच्न पनि सकिन्छ । १२० हर्ज एडाप्टिभ रिफ्रेस रेटले स्मुथ स्क्रोर्लिङ्गको अनुभव प्रदान गर्दछ । यसमा डल्बि एट्मसको साथ अपग्रेटेड स्टेरियो स्पिकरले स्पष्ट तथा जीवन्त साउन्ड सुन्न सकिन्छ । यसका साथै नयाँ फ्लेक्स मोड प्यानल ले सहजै रुपमा एपहरुलाई लक गर्न पनि सकिन्छ ।

आकर्षक प्रि–बुक अफरहरु
सामसङ ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जी तथा ग्यालेक्सी जेड फ्लिप ३ फाइभ जी को प्रि–बुकिङमा आकर्षक अफरहरु उपलब्ध छ । ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जी को प्रि–अर्डरमा ग्राहकहरुलाई प्रि–अर्डर उपहार जस्तै एसपेन सँगै फ्लिप कभर नि: शुल्क प्राप्त हुनेछ र ग्यालेक्सी बड्स प्रो नि: शुल्क वा २५ हजार रुपैयाँको सहुलियत मूल्यमा ग्यालेक्सी वाच ४ क्लासिक मध्ये एक छान्न सकिन्छ । त्यसैगरी ग्यालेक्सी जेड फ्लिप ३ फाइभ जीको प्रि–अर्डर मा ग्राहकहरुले या त ग्यालेक्सी बड्स २ नि: शुल्क वा ग्यालेक्सी वाच ४ क्लासिक सहुलियत मूल्य ३० हजारमा छान्न सकिन्छ ।

०% ईएमआईको सुविधा
यी दुई फ्ल्यागसिप प्रोडक्टको प्रिबुकिङका लागि सामसङले ०% ब्याजदरमा ईएमआई, न्युनतम १० हजार ५ सय रुपैयाँमा उपलब्ध गराएको छ । यो ईएमआई सुविधा विभिन्न बैंकहरु जस्तै नबिल बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, मेगा बैंक, एनएमबी बैंक, कुमारी बैंक लिमिटेड, उपासना बहुद्देश्य सहकारी संस्था लिमिटेड र हुलास इन्भेस्मेन्टबाट प्राप्त गर्न सकिन्छ ।

१२ महिनासम्मको नि:शुल्क ब्रेकेज इन्स्योरेन्स
ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जी ७ ग्यालेक्सी जेड फ्लिप ३ फाइभ जी को प्रि बुकिङ्ग गर्ने ग्राहकले १ वर्षसम्म ब्रेकेज इन्स्योरेन्स सुविधा पनि प्राप्त गर्नेछन् ।

एक्स्चेन्ज अफर
ग्राहकहरुले यो फोन खरिद गर्ने क्रममा आफ्नो फोनलाई अर्को स्टोर तथा आइ एमएस स्मार्टबाट ६ हजार रुपैयाँसम्म थप् सुविधामा साट्न समेत सकिने सुविधा उपलब्ध गराएको छ ।

आकर्षक ग्यालेक्सी उपहारहरु
यी स्मार्टफोनहरुको प्रिबुकिङ्ग गर्ने ग्राहकहरु केजीएच ग्रुप, जिमखाना, होटल म्यारियट काठमाडौं, गोकर्ण रिसोर्ट, स्मार्ट डोको, द स्टेटमेन्ट एनपी, आईएमएस लिटल स्माइल, लेट मि इन, ट्रयांक्विलिटि स्पा तथा होटेल साम्बालामा गरी १० हजार रुपैयाँसम्मको उपहारको लागि योग्य हुनेछन् ।

मूल्य
फ्यान्टम ब्ल्याक, फ्यान्टम ग्रीन तथा फ्यान्टम सिल्भरमा उपलब्ध भएको १२/२५६ जीबी भेरिन्टको ग्यालेक्सी जेड फोल्ड ३ फाइभ जी को मूल्य २ लाख १९ हजार ९ सय ९९ रुपैयाँ तथा १२/५१२ जीबी भेरियन्टको मूल्य २ लाख २९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । साथै विभिन्न आकर्षक तीन ट्रेन्डि कलरहरु क्रिम, ल्याभेन्डर तथा फ्यान्टम ब्ल्याक कलरमा उपलब्ध ८/२५६ जीबी भेरियन्टको जेड फ्लिप ३ फाएभ जीको मूल्य १ लाख २४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यी फोनहरुको प्रिअडर भदौ २० गते देखि असोज ४ गतेसम्म गर्न सकिन्छ । फोन असोज ६ गतेदेखि आधिकारिक रुपमा सामसङका ब्रान्डसप तथा केही रिटेल स्टोरबाट खरिद गर्न सकिने छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्