Shikhar Insurance

भारतसँग नेपाल २–१ ले पराजित, सुधारिएको खेल प्रस्तुत

सिंहदरबार संवाददाता
२०७८ भाद्र २०, आईतवार १९:२९
NIMB
Nabil Bank

काठमाडौं । भारतविरूद्ध नेपाल २–१ गोलले पराजित भएको छ । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको हो ।

सबै गोल दोस्रो हाफमा भएको थियो । खेलका भारतले फारूख चौधरीको गोलमार्फत अग्रता लिएको थियो । भारतको लागि दोस्रो गोल कप्तान सुनिल क्षेत्रीले गरे । उनले काउन्टर एट्याकको स्थितिमा वान भर्सेस वानमा गोल गरे ।

Citizen Life
Kumar Bank

नेपालका लागि तेज तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

नेपालले पहिलो हाफमा केही राम्रा अवसर खेर फाकेको थियो ।

नेपाल र भारतबीचको पहिलो खेल १–१ को बराबरीमा सकिएको थियो ।

दुवै खेलमा नेपालले सुधारिएको प्रदर्शन गरेको छ । डिफेन्सदेखि एट्याकिङसम्म नेपालले सुन्दर खेल पस्किएको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्