Shikhar Insurance

अमेरिका सेना फेरि अफगानिस्तान जान्छन्

सिंहदरबार संवाददाता
२०७८ भाद्र २१, सोमबार ०९:३७
NIMB
Nabil Bank

काठमाडौं । तालिबान लडाकुहरुले अफगानिस्तान कब्जा गरेर शासन आरम्भ गर्न लागेकै बेला एक अमेरिकी सिनेटर आफ्ना फौज पुनः अफगानिस्तान जाने बताएका छन् । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिक मानिएका सिनेटर लिंडसे ग्राहमले अफगानिस्तानमा अमेरिकी सेना पुनः जानुपर्ने अवस्था आउने बताएका हुन् ।

बीबीसीको हार्डटकमा अन्तरवार्ता दिँदै उनले ट्रम्प वा बाइडेनका गल्तिका कारण अफगानिस्तानमा के भयो भनेर गाली गर्न छाडेर अब के गर्ने भन्नेबारे सोच्नुपर्नेमा पनि उनले जोड दिए ।

Citizen Life
Kumar Bank

अब अफगानिस्तान ईस्लामिक कट्टरपन्थहिरुको बलियो अखडाका रुपमा स्थापित हुने भन्दै उनले अघि भनेका छन्–‘हामीले पुनः अफगानिस्तान जानुपर्नेछ जसरी हामी इराक र सिरियामा पुनः गएका थियौं ।’ अमेरिकाले २० वर्ष लामो युद्ध समाप्त भयो भन्दै गत हप्ता मात्रै अफगानिस्तान छाडेको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्