Shikhar Insurance

६० कम्पनीको मुल्यमा सर्किट लाग्दा नेप्सेमा १६१ अंकको वृद्धि, सबै कम्पनीको सेयर मुल्य बढे

सिंहदरबार संवाददाता
२०७८ भाद्र २१, सोमबार १५:११
NIMB
Nabil Bank

काठमाडौं । नेफसे परिसूचक एकैदिनमा १६१ अंकले बढेको छ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा ऐतिहासिक वृद्धि भएको हो ।

नेप्से हालसम्मकै बढी अंकले बढेको हो । परिसूचक ५.७४ प्रतिशतले उकालो लागेको दिन कारोबारमा आएका सबै सूचीकृत कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ८५ कम्पनीसहित कुल २ सय २४ स्क्रिप्ट किनबेच भएकामा १ सय ८५ वटै कम्पनीको सेयर मुल्य बढेका छन् ।

Citizen Life
Kumar Bank

८ वटा डिबेन्चर र म्युचुअफ फन्डमात्र घटेका छन् ।

कारोबार सुरू हुँदै बढ्न थालेको नेप्सेमा केही आरोह अवरोह बाहेक नेप्से निरन्तर उकालो लागिरह्यो । फलतः नेप्से १६१.९४ अंकले बढेर २९८०.७९ अंकमा कायम भएको छ ।

बजारमा सदाझैं अरूण भ्याली हाइड्रोको सेयर कारोबार भएको छ । बजारमा ५ दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्