Shikhar Insurance

राजस्व सचिव कर्णले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको सपथ

सिंहदरबार संवाददाता
२०७८ भाद्र २१, सोमबार २०:३९
NIMB
Nabil Bank

काठमाडौं । कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ खुवाएका हुन् ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको थियो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ ।

Citizen Life
Kumar Bank

सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिए । ‘हडतालजन्य कामहरू हुने वातावरण नहोस्’, उनले भने , ‘कोष मर्यादित रूपमा सञ्चालनमा आओस् ।’
यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए । पुडासैनी सेवा निवृत्त भएपछि गत साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्