Shikhar Insurance

‘अध्ययनका लागि जापान जान पाउँ’

सिंहदरबार संवाददाता
२०७८ भाद्र २१, सोमबार २०:५२
NIMB
Nabil Bank

काठमाडौं । जापानको प्रवेशआज्ञा (भिसा) पाएर पनि कोभिड–१९ का कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कूटनीतिक पहल गर्न सरकारलाई अनुरोध गरेका छन् ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती र शिक्षा सचिव रामप्रसाद थपलियालाई भेटेर विद्यार्थीले जापानी दूतावाससँग संवादमार्फत समाधान खोज्न अनुरोध गरेका हुन् । विद्यार्थीले आफूहरू स्वास्थ्य मापदण्डको पालना गरेर जान पाउनुपर्ने बताएका छन् ।

Citizen Life
Kumar Bank

कोभिड–१९ सङ्क्रमण बढीरहँदा जापान सरकारले सन् २०२० अप्रिलमा विद्यार्थीलाई प्रवेश गर्न रोकेको थियो । जापानका लागि प्रवेशआज्ञा रोकिँदा झण्डै १० हजार विद्यार्थी प्रभावित भएको पीडितले बताएका छन् । प्रवेश आज्ञा पाइसकेकामध्ये कतिपयको कागजात दूतावासमा रहेको आरके पोखरेलले जानकारी दिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्