Shikhar Insurance

यी ९ कम्पनी सार्वजिनक खरिद कार्यमा १ वर्षसम्म सहभागी हुन नपाउने

सिंहदरबार संवाददाता
२०७८ भाद्र २३, बुधबार १०:५७
NIMB
Nabil Bank

काठमाडौं । ९ वटा कम्पनीले सार्वजिनक निकायको खरिद कार्यमा १ वर्षसम्म सहभागी हुन नपाउने भएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयको सूचनाअनुसार ती कम्पनीले कुनै पनि सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

Citizen Life
Kumar Bank

कालोसूचीमा पर्ने कम्पनीहरु जनकपुरको लर्ड शिवा जेनरल सप्लायर्स, नुवाकोटको जीके रेहान एन्ड सुन्दरा जेभी, काठमाडौंको नेपालय आर्किटेड एण्ड बिल्डर्स, इनरुवाको नुरानी कन्स्ट्रक्सन, कन्काईको फ्रेन्डस् अर्बिट कन्स्ट्रक्सन सर्भिसेस, नुवाकोटको जलदेवी निर्माण सेवा, सोलुखुम्बुको भंगेरी निर्माण सेवा, दैलेखको न्यू बेलासपुर कन्स्ट्रक्सन र ललितपुरको साथीभाई निर्माण सेवा हुन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्