Shikhar Insurance

बेनेलीको दशैं अफर, ‘थ्री एक्स डिस्काउन्ट फियस्टा’मा बाइक नकिन्नेले पनि १ लाख जित्न सक्ने

सिंहदरबार संवाददाता
२०७८ भाद्र २३, बुधबार १८:२१
NIMB
Nabil Bank

काठमाडौं । बेनेलीले यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको छ । इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेसनल ट्रेडिङले यस्तो योजना ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोटरसाइकलमा लागू हुनेछ ।

केटीएम इन्टरनेसनलले विगत ६ वर्षदेखि नेपालमा बेनेलीको मोटरसाइकल बिक्री गर्दै आएको छ ।

Citizen Life
Kumar Bank

अफरअनुसार मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटक सम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसके पछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।

त्यसैगरी मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँ सम्मको अमेजिङ गिफ्ट प्रदान गरिने छ । यसवापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ । विभिन्न प्रकारको गेम खेलाएर ग्राहकलाई यस्ता गिफ्ट प्रदान गरिने छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्