Shikhar Insurance

ओलीले ‘जेठ २ फर्कन्न’ भनेपछि तेश्रो धारको विचल्ली, माधव नेपालसँग सम्पर्कको प्रयास

सिंहदरबार संवाददाता
२०७८ भाद्र २३, बुधबार १९:५५
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले २०७५ जेठ २ नफर्किने घोषणा गरेपछि तेश्रो धारको विचल्ली भएको छ । पार्टी एकताका नाममा १० बुँदे मार्फत एमाले रोजेका तेश्रो धारवाला ९ भाईले ओलीको घोषणा पनि आफुहरुको राजनीतिक भविष्य संकटमा परेको निष्कर्ष निकालेका हुन् ।

पोखरामा आयोजीत कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओलीले भने–‘जेठ २ गते भन्नुहुन्छ, जस्ताको तस्तै चार वर्ष अगाडिको २०७५ साल कहाँबाट फर्किन्छ रु जस्ताको तस्तै त फर्किँदै फर्किँदैन नि ।’ १० बुँदेका हर्ताकर्ता सुरेन्द्र पाण्डेलाई साक्षी राखेर ओलीले जेठ २ फर्कदैँन भनेपछि ९ भाईहरुले आफ्नो विचल्ली हुने निष्कर्ष निकालेका हुन् । ओली बोलिरहँदा मञ्चमै रहेका पाण्डेले ओलीको १० बुँदे सम्बन्धी घोषणा सुनेपछि अनुहार बिगारेका थिए । उनी कार्यक्रम सकिएपछि मलिन अनुहारमा बाहिरिएको बताईन्छ ।

Citizen Life
Kumar Bank

ओलीले ९ भाईको जिम्मेवारी एकपछि अर्काे गरि खोस्न थालेपछि उनीहरु माधव नेपालको सम्पर्कमा जोडिने प्रयासमा लागेको श्रोत बताउँछ । श्रोतका अनुसार उनीहरुले ‘फेस सेभिङ’को उपायसहित नेपालसँग भेटन् पाए हुन्थ्यो भन्ने सन्देश नेपाल समक्ष पठाउन थालेका छन् ।
ओलीले योगेश भट्टराईको प्रवक्ताको जिम्मेवारी खोसिसकेका छन् भने भिम रावलको सुदुरपश्चिम प्रदेशको जिम्मेवारी पनि लेखराज भट्टलाई दिईसकेका छन् ।

बागमति प्रदेशको इञ्चार्जमा पनि अष्टलक्ष्मी शाक्यको साटो राम बहादुर थापा बादलले नै निरन्तरता पाईरहेका छन् । ९ भाईमध्ये कसैले पनि पुरानो जिम्मेवारी अहिलेसम्म पाएका छैनन् र ओली स्वयंले त्यस्तो जिम्मेवारी पुनः नदिने स्पष्ट पारिसकेका छन् । ओलीले धोखा दिएको निष्कर्ष ९ भाईको अनौपचारिक बैठकले निकालिसकेको श्रोत बताउँछ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्