Shikhar Insurance

सेयर बजारमा झिनो गिरावटः ९० कम्पनीको मुल्य बढ्दा ८५ का घटे, ७ अर्बको सेयर किनबेच

सिंहदरबार संवाददाता
२०७८ भाद्र २४, बिहीबार १५:१८
NIMB
Nabil Bank

काठमाडौं । तीजको दिन सेयर बजारमा झिनो गिरावट आएको छ । बिहीबार कारोबार सुरु भएको केही समय बढेको नेप्से परिसूचकमा उच्च आरोह अवरोह आउँदा अन्त्यमा घटेर बन्द भएको हो ।

साताको अन्तिम दिन नेप्से परिसूचक ०.६२ अंकले घटेको हो । परिसूचक ०.०२ प्रतिशतले घटेर २८७५.९८ अंकमा पुग्दा ९० कम्पनीको सेयर मुल्य बढेका छन्र भने ८५ वटाको घटेका छन् ।

Citizen Life
Kumar Bank

समूहगत उपसूचकतर्फ जलविद्युत, इन्भेस्टमेन्ट, जीवन बीमा र ट्रेडिङ समूहको उपसूचकमात्र सुधारिए । नेप्से करिब स्थिर रहेको दिन १ करोड ४४ लाख कित्ता सेयर ७ अर्ब ५ करोडमा किनबेच भए ।

नेप्से घटेपनि हिमालयन हाइड्रो र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मुल्य १० प्रतिशतले बढेका छन् । सबैभन्दा बढी सेयर किनबेच रिडि हाइड्रोको भएको छ । रिडिको ४९ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच हुँदा अरुण भ्याली हाइड्रोको सर्वाधिक ७ लाख १ हजार कित्ता सेयर ४८ करोड ८५ लाखमा कारोबार भयो ।

No description available.

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्