Shikhar Insurance

एमसीसीको टोलीलाई ओलीले भनेः सक्दो प्रयास गरें, पास गर्न सकिएन

सिंहदरबार संवाददाता
२०७८ भाद्र २४, बिहीबार १७:३३
NIMB
Nabil Bank

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकारमा रहँदा एमसीसी पास गर्ने प्रयास गरेको बताएका छन् । एमसीसीकी उपाध्यक्ष फातिमा सुनारसँगको भेटमा ओलीले आफू सरकारमा हुँदा सक्दो प्रयास गरेको बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले एमसीसीबारे सरकारको धारणा सार्वजनिक नभई वा सरकारको प्रस्ताव नआई आफूले के गर्ने भन्ने निर्णय नलिने पनि बताएका छन् । एमसीसीकी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल भ्रमणमा छ । टोलीले पहिलो भेट ओलीसँग गरेको हो ।

Citizen Life
Kumar Bank

अध्यक्ष ओलीले सरकारको धारणा आएपछि मात्र आफ्नो धारणा बनाएने बताएका छन् । ओलीले आफू एमसीसीसँग सकारात्मक रहेको बताएका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्