Shikhar Insurance

भक्तवीर सिंह तुलाधर फाउन्डेसनको उद्घाटन, माइती नेपाललाई निःशुल्क सेनिटरी भेन्डिङ मेसिन प्रदान

सिंहदरबार संवाददाता
२०७८ भाद्र २४, बिहीबार १७:३८
NIMB
Nabil Bank

काठमाडौं । कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिन, यस दिन बुवा हुनेहरुले बुवालाई मिष्ठान्न भोजन सहित विभिन्न फलफूल र कपडा दिएर बुवाको सम्मान एवं आदरभाव व्यक्त गर्दछन् भने बुवा नहुनेले बुवाको तस्वीरमा माल्यार्पण गर्ने, श्राद्ध, तर्पण गरेर आफनो श्रद्धाभाव व्यक्त गर्दछन् । तर एक सुपुत्र राजेश वीर सिंह तुलाधरले भने आफ्ना दिवंगत हुनु भएका बुवा भक्त वीर सिंह तुलाधरको स्मृतिमा परिवारका सदस्यहरुलाई समेत समेटेर फाउन्डेसन संस्थापना गरेर कुशे औंसीको विशेष दिनमा संस्थाको समुद्घाटन गरिएको छ । बुवाकै नाममा फाउन्डेसन संचालन गरेर बुवाको समाजसेवी कार्यलाई अनुशरण गर्दै आफ्नो जीवनभर समाजोपयोगी कार्य गर्ने तत्परता राजेश वीर सिंह तुलाधरले देखाएका छन् ।

कमलादी स्थित भक्त वीर सिंह फाउन्डेसनको रजिष्टर्ड कार्यालयमा प्रशिद्ध समाजसेवी, माइती नेपाल कि संस्थापक अध्यक्ष तथा सि.एन.एन. हिरो अनुराधा कोइरालाले भक्त वीर सिंह तुलाधर फाउन्डेसनको समुद्घाटन गरेकी छिन् । उक्त अवसरमा फाउन्डेसनको तर्फबाट ग्रामिण भेकका महिलाहरुको समस्या बुझेर दश थान सेनिटरी प्याड भेन्डिङ मेसिन माइती नेपाललाई निःशुल्क उपलब्ध गराइएको थियो । फाउन्डेसनको यो सहयोगको सहना गर्दै उनले ग्रामिण भेकका महिलालाई महिनावारीको समयमा आइपर्ने समस्या समाधान गर्न ठुलो राहत पुग्ने विश्वास व्यक्त गर्दै उक्त मेसिन माइती नेपालका सदस्यहरु मार्फत ग्रामिण भेकमा पु¥याई त्यहाँका महिला दिदी बहिनीहरुलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने कोइरालाले बताइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मुनाफा रहित, जनहितकारी, सेवामुलक उक्त फाउन्डेसनले देशका ग्रामिण तथा दुर्गम क्षेत्रका बालबालिकाहरुलाई शैक्षिक सामाग्री, स्वास्थ्य तथा आवश्यक अन्य सामाग्री उपलब्ध गराउने,जेष्ठ नागरिकहरुलाई आवास, भोजन तथा स्वास्थ्य सेवा उपलब्ध गर्ने तथा गराउने, विभिन्न रोगबाट पिडित तथा ग्रसित, आर्थिक तथा सामाजिक रुपमा असहाय र गरीब परिवारका बालबालिकाहरुको स्वास्थ्य उपचारमा आवाश्यक सहयोग गर्ने, विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिवीर कार्यक्रमहरु आयोजना गर्ने, विभिन्न खालका महामारी वीरुद्ध जनचेतनामुलक कार्यक्रम गर्ने, गराउने,जेष्ठ नागरिक, असाहय, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुको उचित व्यवस्थापनको लागि आवास गृह निर्माण गर्ने लगायतका जनहितकारी कार्य गर्ने फाउन्डेसनका अध्यक्ष राजेश वीर सिंह तुलाधरले जानकारी दिए । आफ्ना पिता भक्त वीर सिंह तुलाधरले समाजसेवी भावनाले गरेका समाजिक कार्यलाई जीवन्त राख्न बुवाको नाममा फाउन्डेसन संस्थापना गरिएको उनले बताए ।

नेपाल लिक्योरका संस्थापक भक्त वीरले आफ्नो जीवनकालमा व्यवसायिक जिम्मेवारीको साथसाथै आफ्नो सामाजिक उत्तरदायित्वलाई पुरा गर्दै कमलादी गणेश मन्दिरमा सुनौलो गजुर जडान, रातो मछिन्द्रनाथको स्नान स्थलको निर्माण, आर.सि.सी. फुटवल क्लवको स्थापना लगायतका धेरै सामाजिक र परोपकारी कार्य गरि आँफूलाई एक सफल व्यवसायीको साथसाथै एक उदाहरणीय समाजसेवीको रुपमा पनि परिचित गराएका थिए ।

लक्ष्मी देवि तुलाधरको संरक्षकत्वमा संस्थापित उक्त संस्थामा राजेश वीर सिंह तुलाधर, सपना साख, रिता सिंह, सरोज भक्त अमात्य, कमल प्रसाद सिटौला, सुरज सिंह ठकुरी, निलराज पौडेल, अभनिश वीर सिंह तुलाधर सहितको कार्य समिति रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्