Shikhar Insurance

सङ्खुवासभा हत्याकाण्डः कुकुरले तथ्य पत्ता लगाउन सकेन

सिंहदरबार संवाददाता
२०७८ भाद्र २४, बिहीबार १८:१९
NIMB
Nabil Bank

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश–१ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी घटनास्थल पुगेका छन् । घटनाको थप अनुसन्धान गर्न बुधबार प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक बिसी सामूहिक हत्या भएको घटनास्थल मादी–१ खोला गाउँमा पुगेका हुन् ।

प्रहरीका विभिन्न टोलीले घटनाको सम्बन्धमा सूक्ष्म अध्ययन तथा अनुसन्धान गरिरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । हत्या प्रकरणमा प्रहरी टोलीले गरेको अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको उनले बताए ।

Citizen Life
Kumar Bank

अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्‍याउन प्रहरी सक्रियरूपमा लागेको उनले जानकारी दिए । अहिलेसम्म हत्यामा संलग्न कसैलाई पक्राउ गर्न नसकिए पनि फराकिलो दायरा बनाएर गरिएको सूक्ष्म अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको उनको भनाइ थियो । घटना भएको चार दिन भइसक्दा पनि विभत्स हत्या प्रकरण रहस्यमै छ ।

हत्याकाण्डको अनुसन्धानमा प्रहरी उपरीक्षक दाहालको नेतृत्वको विशेष टोलीसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेस्टिगेसन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिब ४० जना प्रहरी घटनास्थल आसपास परिचालन गरिएको उनको भनाइ छ । हत्या अनुसन्धानलाई फराकिलो रूपमा गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दे प्रहरीका विभिन्न निकायका टोली बोलाएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

अनुसन्धानका क्रममा मृतकको घरमा घरभित्र खानतलासी गर्दा ४ लाख ७१ हजार र केही सुनका गरगहना सुरक्षितरूपमा फेला परेकाले त्यहाँ कुनै लुटपाट नभएको प्रहरीको दाबी छ । घटनाको अनुसन्धानमा ल्याइएका तालिमप्राप्त कुकुरले केही तथ्य पत्ता लगाउन नसकेपछि मङ्गलबार धरान फर्किएको छ ।

सीआईबीको प्रहरी टोली घटनास्थलमै
सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि सङ्खुवासभा आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीको घटनास्थल खोला गाउँमै छ । घटनाको थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीको नेतृत्व गर्दै प्रहरी नायब उपरीक्षक रुकमबहादुर कुँवरसहित टोली मङ्गलबार घटनास्थल आइपुगेको हो ।

मृतकको सामूहिक दाहसंस्कार इटहरीमा
मादी–१ खोलागाउँमा हत्या गरिएका तेजबहादुर कार्कीसहित छ जनाकै दाहसंस्कार सुनसरीको इटहरीस्थित बुढीखोलामा गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए । बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षण भएपछि बुढीखोला घाटामा अन्त्येष्टि गरिएको हो ।

शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलबार धरान आइपुगेका थिए । मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्