Shikhar Insurance

ऊर्जा बचत गरेवापत् यी कम्पनीले पाए लाखौंको अनुदान

सिंहदरबार संवाददाता
२०७८ भाद्र २४, बिहीबार २०:४९
NIMB
Nabil Bank

काठमाडौं । जर्मन सरकारबाट केएफडब्लू बैंकमार्फत् प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी एफिसियन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रमअन्र्तगत राष्ट्रिय वाणिज्य बैंकले बिहिबार रकम हस्तान्तरण गरेको छ । बैंकले प्रगति टेक्सटाइल इन्डस्ट्रिजलाई एक करोड रुपैयाँ, प्रिमियर वायर्सलाई ९३ लाख ६० हजार, हुलास स्टील इन्डस्ट्रिजलाई ६४ लाख ३७ हजार र सालिमार मेटल्सलाई ३२ लाख ८ हजार ८ सय रुपैयाँ हस्तान्तरण गरेको छ ।

मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका बिच हस्तान्तरण गरिएको हो ।

Citizen Life
Kumar Bank

नेपालका लागि जर्मन राजदुतवास विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे । उनले हालसम्म २१ वटा उद्योगहरुलाई ९ करोड ९२ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।

नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी एफिसियन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यन्वयनका लागि प्रोजेक्ट एक्जुकेटिङ एजेन्सीका रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ ।

यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक एकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम१ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्