Shikhar Insurance

सानिमा माई हाइड्रोका लगानीकर्तालाई साढे १० प्रतिशत लाभांश, कुल क्लोज पनि तोकियो

सिंहदरबार संवाददाता
२०७८ भाद्र २५, शुक्रबार १२:४८
NIMB
Nabil Bank

काठमाडौं । सानिमा माई हाइड्रो पावर कम्पनीका लगानीककर्ताले साढे १० प्रतिशत लाभांश पाउने भएका छन् । भदौ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आथिृक वर्ष २०७६।७७ को नाफाबाट कम्पनीका लगानीकर्तालाई १०.५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

सोमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने ०.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । लगानीकर्ताले २८ करोड ८ लाख ४१ हजार बराबरको बोनस सेयर पाउनेछन् । कम्पनीले असोज १६ गते बुक क्लोज र कात्तिक ११ गतेका लागि साधारण सभा डाकिसकेको छ ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्