Shikhar Insurance

मञ्जुश्री फाइनान्सले एकैदिन खोल्यो ४ नयाँ शाखा

सिंहदरबार संवाददाता
२०७८ भाद्र २७, आईतवार १९:१८
NIMB
Nabil Bank

काठमाडौं । मञ्जुश्री फाइनान्सले एकैदिन ४ वटा नयाँ शाखा खोलेको छ । फाइनान्सले आफ्नो बाह्रौं, तेह्रौं चौधौं र पन्ध्रौं शाखा कार्यालय रुपन्देहीको मुर्गिया, योगिकुटी, मणिग्राम र भैरहवामा सञ्चालनमा ल्याएको हो ।

फाइनान्स सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरे । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र विरगञ्जमा ११ वटा शाखा थिए ।

Citizen Life
Kumar Bank

२०७८ असार मसान्तसम्म फाइनान्सले ९६ करोड ५३ लाख रुपैयाँ चुक्तापुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको छ । राष्ट्रियस्तरको यस फाइनान्सले ८.९१ अर्ब निक्षेप संकलन गरि ७.९५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएमको सुविधा दिँदै आएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्