Shikhar Insurance

कोभिडले थाइल्यान्डका एक लाखभन्दा बढी यौनकर्मी संकटमा, पताया र फुकेट सुनसान

सिंहदरबार संवाददाता
२०७८ भाद्र २८, सोमबार ११:३०
NIMB
Nabil Bank

एजेन्सी । थाइल्यान्डको पताया सहरको वाकिङ स्ट्रिट महत्वपूर्ण रेडलाइट जिल्ला हो । तर, अन्नाका लागि भने यसले धेरै ठूलो अर्थ राख्छ । किनिक यो उनका लागि वर्षौं पुरानो कर्मक्षेत्र हो । यहाँ सञ्चालित नाइट क्लब, बार र मसाज पार्लरले केही समयअघिसम्म उनी जस्ता सयौं यौनकर्मीलाई रोजगारी दिएको थियो । ती यौनकर्मी विश्वभरका पर्यटकलाई स्वागत गर्थे । आफ्नो उज्जल भविष्यको खोजीमा अधिकांश यौनकर्मी महिला त्यहाँ पुग्थे ।

तर, धेरैलाई मनोरन्जन दिँदै आएको वाकिङ स्ट्रिटको परिचय भने अहिले फेरिएको छ । धेरै यौनकर्मीलाई रोजगार दिएका रात्रीकालीन सबै सेवा ठप्प छन् । रातको समयमा उज्याला बत्ती बल्दैनन् । न त संगीतको सुमधुर धुनले कसैलाई लठ्याउँछ, कोभिडले थाइल्यान्डलाई थला पारेपछि गत वर्षदेखि पर्यटकको खासै चहलपहल देखिन्नँ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘अहिले त सार्‍है समस्या छ,’ अन्ना भन्छिन्, ‘साँझ ६ बजेपछि नै सडक सुनसान हुन्छ । यो दृश्य देख्दा भक्कानिएर रुन मन लाग्छ । कुनै बेला यही स्थानबाट कति आम्दानी हुन्थ्यो ? ’

कोभिडका कारण रात्रीकालीन व्यवसाय बन्द हुँदा अहिले अन्ना जस्ता लाखौं यौनकर्मी महिलाको पेसा चौपट परेको छ । धेरैजनाको आम्दानीको स्रोत सुकेको छ । यौनकर्मी महिलाको अधिकारको वकालत गर्दै आएको स्थानीय संस्था स्विङका अनुसार महामारीका कारण यौनकर्मी महिला धेरै प्रभावित छन् । संक्रमण फैलन सक्ने भन्दै सरकारले रात्रीकालीन मनोरन्जन स्थल बन्द गर्न निर्देशन दिएको छ । ‘कोभिडले हजारौं यौनकर्मी महिलाको व्यवसाय धरापमा परेको छ,’ स्विङका निर्देशक सुराङ जनयाम भन्छन् ।

थाइल्यान्डमा देहव्यापार गैरकानुनी मानिन्छ । तर, पर्यटकीय गन्तव्य बैंकक, पताया र फुकेट उर्वर रेडलाइट क्षेत्र हुन् । सुराङका अनुसार थाइल्यान्डभर झन्डै दुई लाख यौनकर्मी छन् । उनीहरूले देहव्यापारलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै आएका छन् ।

थाइल्यान्ड अहिले कोभिड महामारीबाट प्रताडित छ । दुई महिनाअघिसम्म यहाँ दैनिक संक्रमितको संख्या २० हजार थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्