Shikhar Insurance

सेप्टेम्बर १५ : आजै जन्मिएका थिए राजकुमार ह्यारी, आजै अन्त्य भएको थियो प्योङयाङ युद्ध

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३०, बुधबार १३:०६
NIMB
Nabil Bank

एजेन्सी । आज सेप्टेम्बर १५ । आज विश्व इतिहासमा केही सामाजिक र राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

 

Citizen Life
Kumar Bank

प्योङयाङ युद्ध अन्त्य

सन् १८९४ मा जापान र चीनका सेनाबीचको युद्ध अन्त्य भएको थियो । सो लडाइँलाई पहिलो चीन–जापान युद्ध भनिन्छ ।

 

ह्यारीको जन्म

सन् १९८४ को १५ सेप्टेम्बरमा वेलायती राजकुमार ह्यारीको जन्म भएको थियो । चाल्स र डायनाको कान्छो सन्तानको रुपमा ह्यारीको जन्म भएको हो । अमेरिकी महिला मेघन मर्केलसँग विवाह गरेका ह्यारीले राजकीय सुविधा नलिने घोषणा गरेका छन् ।

 

जर्मनीमा विवादास्पद कानून

सन् १९३५ मा जर्मनीमा एउटा विवादास्पद कानून कार्यन्वयनमा ल्याइएको थियो । नाजी पार्टीले ल्याएको सो कानूनले यहुदीको नागरिकता रद्द गर्नुका साथै गैर यहुदी मुलका मानिससँग सम्बन्ध राख्न प्रतिबन्ध लगाइएको थियो । सोही कानूनअनुसार जर्मनीको आधिकारिक संकेत स्वस्तिका राखिएको थियो ।

 

राष्ट्रसंघको सेना दक्षिण कोरियामा

सन् १९५० मा कोरिया युद्धको समयमा दक्षिण कोरियाको इन्चोन सहरमा राष्ट्रसंघको सेना सवार एउटा विमान अवतरण गरेको थियो । सेना परिचालनसँगै कोरियाली प्रायद्धीपको तनाब झन चर्किएको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्