Shikhar Insurance

अर्बपतिको नजर पृथ्वी मात्रै छैन अन्तरिक्षमा पनि उस्तै होडबाजी

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३०, बुधबार १३:३२
NIMB
Nabil Bank

एजेन्सी । एरोस्पेस कम्पनी स्पेस एक्सका सीईओ एलन मस्क पुनः विश्वकै सर्वाधिक धनाढ्य बन्न पुगेका छन्। विश्वका अर्बपतिहरूको अनुगमन गर्ने ब्लुमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार मंगलबार मस्कको सम्पत्ति दुई सय एक अर्ब डलर पुगेको छ । मस्क इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला मोटरका सञ्चालक हुन् ।

उनका समकक्षी अर्का अर्बपति जेफ बेजोस दुई सय अर्ब डलरका साथ दोस्रो नम्बरमा छन्। २०२१ प्रारम्भ भएदेखि यी दुवैमा को पहिलो भन्ने तीव्र प्रतिस्पर्धा हुँदै आएको छ।

Citizen Life
Kumar Bank

झन्डै ६-७ महिनादेखि यी दुवैबीच को पहिलो बन्ने प्रतिस्पर्धा हुँदै आएको छ। यी दुवै अर्बपतिका आफ्ना ऐरोस्पेस कम्पनी छन्। यिनका लागि अन्तरिक्ष पुग्नु कुनै नेपालीका लागि अमेरिका पुग्नभन्दा सजिलो छ।

गत २० जुलाईमा जेफ बेजोसले आफ्नो भाइ मार्क बेजोसलगायत ८२ वर्षीय वाली फैंक र एकजना १८ वर्षीय विद्यार्थी ओलिभर डेमेनका साथ आफ्नो कम्पनी ब्लू ओरिजिनले बनाएको रकेट ‘न्यु सेपर्ड’ मा बसेर अन्तरिक्षको यात्रा गरे। १० मिनेट १० सेकेन्डको यात्रामा बजोस पृथ्वीदेखि एक सय किमि माथिसम्म पुगेर फर्किए।

१५ सेप्टेम्बर (आज) एलन मस्कको कम्पनी स्पेस एक्सको चारजना मानिसलाई लिएर अन्तरिक्ष भ्रमणमा जाने कार्यक्रम छ। उनीहरू पृथ्वीको तल्लो कक्षमा तीन दिनसम्म रहने छन्। अब विश्वका अर्बपतिको नजर पृथ्वी मात्रै होइन, अन्तरिक्षमा पनि केन्द्रित भएको छ।

विश्वमा कति छन् अर्बपति ?

विश्वमा अर्बपतिको संख्या दुई हजार सात सय ५५ छ। यी सबै अर्बपतिको कुल सम्पत्ति १३ दशमलब १ ट्रिलियन डलर रहेको छ। विश्वको अर्थ व्यवस्था कुल ९३ ट्रिलियन डलर रहेकोमा यी अर्बपतिसँग झन्डै १४–१५ प्रतिशत होल्ड छ। सर्वाधिक अर्बपति अझै पनि अमेरिकामै छन्। अमेरिकामा सात सय २४ जना अर्बपति छन् । चीनमा अर्बपतिको संख्या ६ सय ९८ जना छ। अर्बपतिको दौडमा भारत तेस्रो नम्बरमा पर्छ। भारतमा एक सय ४० जना अर्बपति छन्। भारतका मुकेश अम्बानी अर्बपतिहरूको सूचीमा १२ नम्बरमा पर्छन्।

‘टप टेन’ अर्बपतिमा सर्वाधिक संख्या अमेरिकीको छ। एकजना फ्रान्सेली अर्बपति बर्नार्ड अर्नोल्टबाहेक ‘टप टेन’ मा सबै अमेरिकीको बाहुल्यता छ । चिनियाँ उद्योगपति झोंग सानसन २१औं नम्बरमा पर्छन्। कुनै बेला एसियाको सर्वाधिक धनीमा गनिने चिनियाँ व्यापारी ज्याक मा अहिले विश्वको ३०औं नम्बरमा छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्