Shikhar Insurance

चार संस्था मिलेर सजिलै ब्याज अनुदानमा सहुलियतपुर्ण कर्जा दिने

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३०, बुधबार १४:१२
NIMB
Nabil Bank

काठमाडौं । मेगा क्यापिटल मार्केट्स, मेगा बैक नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वणिज्य संघ बीच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्ने सम्झौता भएको छ । मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृतसवीर बादे श्रेष्ठ, मेगा बैंकका लघु तथा कृषि कर्जा प्रमुख पुण्यप्रसाद खनिया, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापा र धादिङ उद्योग वणिज्य संघका कार्य समिति सदस्य सुमन घरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार त्रिपुरासुन्दरी गाउँपालिका तथा धादिङ उद्योग वणिज्य संघसंग आबद्ध उद्योग व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि मेगा बैंकको सहुलियतपुर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपुर्ण कर्जा प्रदान गर्नेछ । जसमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले धादिङ्ग उद्योग वाणिज्य संघ सँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुको कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ ।

Citizen Life
Kumar Bank

मेगा बैंकले स्थापनाकाल देखि नै “हलो देखि हाइड्रो सम्म” भन्ने नाराका साथ विभिन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ्ग सेवा सर्वसुलभ गराउँदै आइरहेको छ । यसले स्थानीय स्तरमा साना तथा मझौला उद्यमी तथा कृषकहरुको वित्तीय पहुँच बढाई व्यवसाय वृद्घि तथा बिस्तारमा सहयोग पुग्नुको साथै उद्यमी तथा कृषकहरुको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्